तपाईँले कतिचोटी हेनुभयो उक्त भिडियो । इन्टरनेटको पहुँचमा भएपनि नभएपनि
पक्कै पनि यो भिडियो हेरेको हुनुपर्छ । सामाजिक सञ्जाल देखि लिएर संसारभरका
अनलाइनहरुले यसलाई फ्लोअप गरिरहेका छन् भने टेलिभिजनहरुमा पनि दैनिक
कैयौपटक उक्त भिडियो हेर्न सकिन्छ ।
कसरी तोडियो रेकर्ड
कसरी तोडियो रेकर्ड
यसभन्दा अगाडी युट्युवमा सबैभन्दा बढी हेरिएको भिडियोमा जस्टिन बिबरको बेवी थियो
। उक्त भिडियो फेब्रुअरी १९, २०१० मा अपलोड गरिएको हो । अहिलेसम्म उक्त
भिडियो युट्युवमा ८० करोड ६१ लाख पटक हेरिएको छ भने । यहा कुरा गरिएको
भिडियो युट्युवमा अपलोड गरिएको चार महिनामा ८३ करोड ६८ लाख पटक हेरिएको छ ।
त्यतिमात्रै हैन सबैभन्दा बढी लाईक पाउनेमा पनि यसले किर्तिमान कायम गरेको
छ । उक्त भिडियो यो ब्लग पोस्ट लेखिरहँदासम्ममा ५५ लाख १७ हजार ७ सय १०
जनाले लाईक गरेका छन् । यो युट्युवको नयाँ रेकर्ड हो । गिनिज बुक अफ द्
वल्र्ड रेकर्ड ले आउने डिसेम्बर २५ सम्ममा १ अर्ब पटक हेरिने अनुमान गर्दै
उनलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डमा राखेको छ । माथि चित्रमा हेर्नुस
नयाँ प्यारोडीहरु बन्दै ।
केही समय अगाडी कोलाबरी डीले सङ्गीत बजारमा नै तहत्का मच्चाएको थियो ।
त्यस्तै गरी अहिले गगनम स्टाइलले बजार पिटेको छ । यसको सफलतासँगै विश्वका
धेरै मुलुकहरुमा त्यहाँका सेलिब्रेटीहरुद्धारा अभियन गरिएका विभिन्न
भिडियोहरु युट्युवमा अपलोड गरिएका छन् र हुने क्रम धेरै नै रफ्तारमा अगाडी
बढिरहेका छ । युट्युवमा खोज्दा जाँदा यस्ता धेरै नै भिडियोहरु देखिन्छ । सबै त यहाँ पोस्ट गरेर सम्भव पनि हुँदैन । नेपाली कलाकार राजेश हमाल र करिश्मा, अमिरिकन राष्ट्रपति बाराक ओवामा, उत्तर कोरियाका किम जोङ स्टाइल हलिउड का बादसाहहरु . अरु पनि धेरै छन् तर, सबै लै यहा समेटन गाह्रो छ ।
के उनी टाइम पर्सन अफ द् इएर २०१२ बन्छन् त ?
टाइम म्यागजिनले प्रत्येक वर्ष टाइम पर्सन अफ द् इएरको घोषणा गर्दछ । के
उनी यो वर्षको पर्सन अफ द इएरमा घोषित हुन्छन् त । टाइम म्यागजिनले आफ्नो
अफिसियल साइटमा उनी पनि पर्न सक्ने सम्भावना व्यक्त गरेको छ । यसभन्दा अगाडी, बाराक ओवामा, मार्क जुकेरवर्ग टाइमको पर्सन अफ द् इएर घोषणा भईसकेका छन् ।
टाइमले अनलाइनमा गरेको सर्वेक्षण्मा उनी पाँचौँ नम्बरमा परेका छन् । हेरौ के हुन्छ ।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.