Monday, December 3, 2012

गड्यौला बेचेर लखपति!

चितवन शारदानगरका तेज बहादुर लामाले एक लाख गड्यौला बेचेर एक लाख रुपैयाँ कमाएका छन्। यस्तै छोटो अवधिमा गड्यौलाको मल बेचेर उनले थप ६ लाख रुपैयाँ आम्दानी गरेका छन्। दिनदिनै माग बढेपछि उनले गड्यौला बिक्री बन्द गरेर मल मात्र बेच्न थालेका छन्। उनी उत्पादन बढाएर मासिक ५ टन मल बेच्ने तयारीमा जुटेका छन्। एक सयवटा गड्यौला किनेर यसको पालन सुरु गरेका लामासँग अहिले ५ लाख गड्यौला छन्। 

उनले बेचेका गड्यौला बाँके, बर्दिया, धनगढी, कैलाली, दार्चुलासम्म पुगेका छन्। रामपुर कृषि क्याम्पस नजिकै घर रहेकाले लामाको गड्यौला फार्म त्यहाँका विद्यार्थीको प्रयोगशाला बनेको छ। क्याम्पसले विद्यार्थीलाई लामाकै फार्ममा प्रयोगात्मक अध्यापन गराउँदै आएको छ।

डिमाग लगाउन पर्छ पासा डिमाग। ल गड्यौला, गड्यौला! एक रुपैयाको एउटा। ल गड्यौला, गड्यौला। 

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.