Sunday, April 26, 2015

काठमाडौं छोड्दै सर्वाधारण, गाडी नपाएपछि हिँडेरै घरतिर विष्णु बुढाथोकी काठमाडौं, वैशाख १४


दुई दिन दुई रात खुला चौर र सडकमा अभावपूर्ण जीवन बिताउनु परेपछि तराईबाट मजदुरी र सानातिना व्यवसाय गर्न राजधानी आएर बसेका अधिकांश मध्यम र निम्नवर्गका मानिसहरु स्थिति सामान्य नभएसम्म बाहिर जान चाहेपनि गाडी नपाउँदा घण्टौं कुर्न परेको छ।
सोमबार बिहान फर्पिंङ हुदै वीरगञ्ज जान गाडी खोज्दै बल्खुचोकदेखि त्रिवि गेटसम्म ओहोरदोहोर गरिरहेका करिब ४८ वर्षिय मनोजले सेतोपाटीसँग भने, ‘यहाँ बस्न खानकै समस्या भएपछि विरगञ्ज जाउँ भनेको गाडी नै पाइएन।’
तरकारीको व्यापार गर्दै आएका मनोजले सामान्य रूटको टाटा सुमो गाडी नपाएपछि रिजर्भमा भए पनि जान खोज्दा पनि पाउन नसकिरहेको उनले गुनासो गरे।
काठमाडौं कहिले फर्कने भन्ने प्रश्नको जवाफमा उनले भने, ‘स्थिति सामान्य भएमा एक सातापछि फर्कनू पर्ला।’
चाबहिलमा मोटरसाइकल वर्कसपमा काम गर्ने २२ वर्षिय प्रदिप चौधरीलाई भूकम्पले निम्त्याएको समस्या सँगै पारिवारिक समस्या थपिएको छ। उनकि ७० वर्षिय आमाको आइतबार राति निधन भएपछि दुई बहिनीलाई लिएर घर जान खोजेको गाडी नपाउदा बल्खु चोकमा तीनघण्टादेखि कुरिरहेका छन्।
त्यसैगरी रंङको काम गर्ने भारतका सोनालाल सँगै अरु ११ जना साथीहरु विरगञ्ज जान गाडी कुरीरहेका थिए।
‘यहाँ न बस्न पाइन्छ, न खान, त्रासमा बसी काम बिहिन अवस्थामा बेहाल हुनुभन्दा पाएदेखि नियमित रुपमा लाग्नेभन्दा ज्यादा पैसा तिरेर भएपनि घर जाने थियौं,’ उनले भने। 
कतिपय व्यक्तिहरू साथमा रहेको पैसा सकिँदै जादा राजधानीमा खानबस्न मात्र हैन गाडीभाडा पनि नभएपछि फर्पिङको बाटो हिँडेरै विरगञ्ज लागेको त्रिवि गेट अघि भेटिएका एक व्यापारीले बताए।
उनीहरुमध्ये कतिपय कलिला युवाहरुले पसलबाट केही पोका चाउचाउ र विस्कुट लिएर भोलिसम्ममा भएपनि वीरगञ्ज पुग्ने भन्दै बिहान ५ बजेदेखिनै समूह समूहमा मिलेर हिडेका छन्।
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ १०:२७:००

क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदा जीर्णोद्धार गर्न १० वर्ष

शनिबारको महाभूकम्पमा क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदाहरू जीर्णोद्धार र पुननिर्माण हुन कम्तीमा १० वर्ष लाग्ने पुरातत्त्व विभागले जनाएको छ।
क्षति पुगेका सम्पदाहरू कति हुन् भन्ने आइतबार साँझसम्म पनि पूर्ण विवरण आइनसकेको विभागका इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए। महाभूकम्पमा सुनधाराको धरहरा, राष्ट्रिय संग्रहालय छाउनी, भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालय, दरबार हेरचाह कार्यालय, पाटन दरबार, वसन्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिरमा बढी क्षति पुगेको छ। उपत्यकाबाहिर जानकी मन्दिरलगायत थुप्रै सम्पदाहरू पनि क्षतिग्रस्त भएका छन्।
'१९९० सालको भूकम्पभन्दा यस पटकको क्षति बढी देखिएको छ, त्यो बेला सामान्य घरको संख्या धेरै थियो, अहिले आधुनिक घरमा कम असर छ,' घिमिरेले भने, 'सम्पदाका लागि पर्याप्त बजेट छुटयाएर काम थाल्दा पनि पुनर्निर्माणका लागि कम्तीमा १० वर्ष लाग्छ।'
अधिकांश भवन र सम्पदा निर्माण गर्न काठ, गुणस्तरीय सुर्खी (इँटाको धूलो), स्थानीय नेवारी इँटा, चुनजस्ता सामग्री आवश्यक पर्छ। चाँगुनारायणलगायत शिलालेखहरू यस बीचमा पटक पटक जीर्णोद्धार हुँदै आए पनि यस पटकको क्षतिले पुननिर्माण गनुपर्ने भएको छ। पुरातत्त्व विभागका प्राविधिक गोविन्द न्यौपानेले मानिसको बिमा गराउने व्यवस्थाझैं यस्ता सम्पदाको समेत बिमा गर्न सके विपत्तिका बेला जीर्णोद्धार कसरी गर्ने भन्ने समस्या उत्पन्न नहुने जिकिर गरे। 
पुरातत्त्व विभागले छ महिनाअघि भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी एक कार्यक्रम आयोजना गरेको थियो। यसपटक महाभूकम्पका बेला भएको क्षतिको आकलन गर्दै सम्पदा निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि अपनाएर योजना बनाउने विभागले जानकारी दिएको छ।

औषधि लिएर इजरायल को डाक्टरहरु नेपाल पुगे






काठमाडौँ मा गएको भुइचालोमा आफ्नो घर भत्केको देखेर डराएकी नानी !!!
नानी लाइ यो भन्दा ठुलो बिपत जिन्दगीमा कैले नपरोस प्रार्थना गरौ हामी...


सबैले प्राथना गरौं १ लाईक = १ प्राथना भगवानले हामी सबैको रक्षा गरून् ।




हाम्रो बहिनी मन्जु तमङ को भुकम्प परी
जेअन गएको छ हामी सबै उहको अत्मा ले
शान्ति पओस भनेए प्रर्थना गरौ

कृपया सबै मिलि नेपालको लागि प्रार्थन गरौ♥
सर्व मैत्री मंगलाम _/\_
ओम आ हुङ महेना यन गुरु पाणी सिद्धी हुङ _()_
श्याकर श्याकर श्याकर धनया स्वाहा: _()_
ओम यज्ञ यज्ञ हुङ हुङ फेट फेट स्वाहा: _()_



अमेरिकन एयरफोर्स सहयोगका लागि नेपाल उड्यो

काठमाडौ आसपासका क्षेत्र आज विहान फेरि भुकम्पको ठुलो  धक्का महसुस गरिएको छ । भुकम्पविद् सोमनाथ सापकोटा अनुसार नुवाकोटमा केन्द्रविन्दु बनाएर ६ बजेर २४ मिनेट जाँदा ४ दशमलव ७ रेक्टरको भुइचालो गएको हो ।

अमेरिकन एयरफोर्स सहयोगका लागि नेपाल उड्यो


यो सानो भाइ ले मृत्यु लाई जितेर नयाँ जीवन पाए !!































भुईचालोले ध्वस्त पारेको लाप्राक गाउँ

शनिबार गएको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको गोरखाको लाप्राक गाविसका अधिकांश घर तहसनहस भएका छन्।

त्यो गाउँका अधिकांश घर भत्किएका छन्। बारपाकका पीडितलाई २४ घण्टा पछि उद्धार शुरु गरिएको छ। आइतबार मध्यान्हदेखि नेपाली सेनाको हेलिकोप्टरले बारपाक, गुम्बु, जौबारी र खरिबोट गाविसका घाइतेहरुलाई पोखराका विभिन्न हस्पिटलहरुमा ल्याएर उपचार शुरु गरिएको छ।


दिउँसोसम्म ३ खेपमा झण्डै एक सय जनालाई उद्धार गरेर पोखरा ल्याइएको जानकारी नेपाली सेनाका अधिकारीले दिएका छन्। सेनाले आइतबार करिब १ सय २० जनाको उद्धार गरेको छ।
अधिकांश घाइतेहरुको टाउको, हातखुट्टामा चोट लागेको छ ।

विनाशकारी भुकम्पमा सहयोग पुर्‍याउन फेसबुक र गुगलले ल्याए नयाँ सेवा

विश्वकै ठुलो जनसंख्याले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक र चर्चित सर्च इन्जिन गुगलले नेपालमा भएको विनाशकारी भुकम्पमा सहयोग पुर्‍याउने उद्येश्यले आ–आफ्ना टुलहरु प्रयोगमा ल्याएका छन् ।सामाजिक सञ्जाल फेसबुकले ‘भिजिट सेफ्टी चेक’ र सर्च इन्जिन गुगलले ‘पर्सन फाइन्डर’ नामको टुलहरु प्रयोगमा ल्याएका हुन् ।
फेसबुकको सेफ्टी चेक टुलले आफु सुरक्षित रहेको खबर अरु आफन्त र साथिभाईसम्म पुर्‍याउन सहयोग गर्दछ भने, गुगलको पर्सन फाइन्डरले कुनै व्यक्तिको नाम टाइप गरेर सर्च गर्‍यो भने उसको तत्कालिन अवस्थाको बारेमा जानकारी दिन्छ । यदि कुनै खबर भेटिएन भने व्यक्ति अज्ञात रहेको जानकारी भनेर अप्डेट गराउन मिल्ने सुविधा राखिएको छ ।
त्यसैगरी नेपाल प्रहरीले पनि ९८५१२८१३६३ मा निशुल्क एसएमएस गर्न मिल्ने सुविधा प्रयोगमा ल्याएको छ ।एसएमएस गर्दा कोहि व्यक्ति समस्यामा परेको जानकारी वा आफै समस्यामा परेको भए उक्त नम्बरमा एसएमएस गर्न सकिने छ । एसएमएस प्राप्त भएपछि विपद व्यवस्थापनको टोली उद्धार गर्न उक्त स्थानमा पुग्ने छ ।

Thursday, April 2, 2015

कम्प्युटरमा जान्नैपर्ने केहि किबोर्ड सर्टकटहरु


के तपाई कम्प्युटरमा लामो समय काम गर्नु हुन्छ? र हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन् जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ । तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् . 
१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विन्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विन्डो बन्द हुने छ । कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T गर्दा पुग्छ । 
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ] को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [

३. विण्डो परिवर्तन
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न सक्नुहुन्छ । विण्डोज ७ र ८ भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ । 
४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् । यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ । 
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ । तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ । 
६. शब्द गन्ने र अक्षर बदल्ने
कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले Alt + T + W थिचे पुग्छ । यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र Alt + F4 थिच्नुस् । 
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् । 
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ । जस्तो कि, तपाईले Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

Tuesday, December 18, 2012

पासवर्ड बिर्सने बानी छ ? त्यसो भए यसो गर्दा राम्रो....


आधुनिक सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामाग्री सुरक्षित राख्ने एकमात्र उपाय हो पासवर्ड । तपाइँको मेल होस् वा बैंक अकाउण्ट तथा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्नैका लागि किन नहोस् पासवर्ड जरुरी हुन्छ ।
यस्तो अवस्थामा तपाइँले आफ्नो अकाउण्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउण्टमा सजिलै प्रवेश पाउनका लागि यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जो सुरक्षित मात्र होइन तपाइँले झ्वाट्टै सम्भिmने खालको होस् ।
लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न थाल्दा पासवर्ड याद नभएर फसाद परेको अनुभव सायद तपाइँ हामी धेरैलाई हुनुपर्छ । कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले तपाइँको इमेल अकाउण्ट ह्याक पनि गरेको छ होला । त्यसैले आफ्नो अकाउण्ट सुरक्षित बनाउन तपाइँको पासवर्ड यादगर मात्र होइन सुरक्षित पनि हुनुपर्छ ।
पासवर्ड सुरक्षित मात्र होइन नबिर्सिने खालका बनाउनका लागि तपाइँले यी जुक्ति लगाउनुपर्छ :
  • सुरक्षित पासवर्ड छान्नका लागि तपाइँले आफ्नो मनपर्ने शव्द वा मनपर्ने संकेतलाई छान्नुहोस् र यी दुबैलाई जोडेर पासवर्ड तयार गर्नुहोस् । तपाइँले आफ्नो फेवरेट शव्द तथा संकेत सित्तिमित्ति बिर्सनुहुन्न नै यसबाट बन्ने पासवर्डर् सुरक्षित पनि हुन्छ ।
  • यदि तपाइँ आफुलाई मन पर्ने कुनै वाक्यलाई छोटो बनाएर पासवर्ड बनाउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ जस्तै : eat the cheeseburger वाक्यलाई tthchsbrgr बनाएर पासवर्ड बनाउन सक्नुहुन्छ ।
  • नम्बरलाई शव्दमा बदलेर पनि तपाइँ सुरक्षित र यादगर पासवर्ड सेटिङ गर्न सक्नुहुन्छ । तपाइँ आफ्नो मोबाइल नम्बरलाई शव्दमा बदलेर पासवर्ड बनाउन चाहनुहुन्छ भने ९८४१….. लाई आइएचडीए…. बनाएर पासवर्ड सेट गर्न सक्नुहुन्छ । त्यस्तै आफ्नो नामका अक्षरलाई अंकमा बदलेर पनि तपाइँ पासवर्ड बनाउन सक्नुहुन्छ ।
  • तपाइँ चाहनुहुन्छ भने तपाइँले पासवर्डको पहिलो अक्षर स्माल र त्यसपछिका अक्षर क्यापिटल लेटरमा लेख्न सक्नुहुन्छ, यसो गर्दा तपाइँको पासवर्ड ह्याक हुने खतरा कम हुन्छ । ह्याकरहरुले एउटै लेटरको पासवर्ड बढी ह्याक गर्ने गरेका छन् ।

''कम्पुटर बाट फेसबुक मा सिधै नेपाली लेख्ने तरिका ।''


तपाइहरु मध्य धेरैलाई यो तरिका अबगत भैसके होला 
जालाई छैन यहाँ राम्रो सँग अध्ययन गर्नुस 
खासै अध्ययन गर्नु पर्दैन जे वेब साइट मा छ सोही यहाँ पोस्ट गरेको छु मात्र म त Download गर्ने website link मात्र दिना खोजेको हो 
तपाइ यो लिंक लाई सिधै कपी गरी Address bar मा paste गर्नुहोस आफै बुझ्नु हुने छ ! 

Or Go To :-click here

'' यसको बिधा तथा संचालन सपोर्ट '' 
- Google Input Method: Type anywhere in your language 

Smart, easy to use and intuitive! 
- 32 Bit 64 Bit 


Download Google IME 
www.google.com/ime/transliteration/ 

Requires :- Windows 7/Vista/XP (32-bit/64-bit) 

Installation Instructions :- 
Google TransliterationIME is an input method editor which allows users to enter text in one of the supported languages using a roman keyboard. Users can type a word the way it sounds using Latin characters and Google TransliterationIME will convert the word to its native script. Note that this is not the same as translation -- it is the sound of the words that is converted from one alphabet to the other, not their meaning. Converted content will always be in Unicode. 

Google TransliterationIME is currently available for 22 different languages - Amharic, Arabic, Bengali, Farsi (Persian), Greek, Gujarati, Hebrew, Hindi, Kannada, Malayalam, Marathi, Nepali, Oriya, Punjabi, Russian, Sanskrit, Serbian, Sinhalese, Tamil, Telugu, Tigrinya and Urdu.

यस्तो छ २९ लाख पर्ने टिभी (फोटोसहित)

टोक्यो..एएफपी) - जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्पले नयाँ एलसिडी टेलिभिजन आज सार्वजनिक गरेको छ। आइसिसी प्युरियस ब्रान्डमा कम्पनीले नयाँ टेलिभिजनहरु बजारमा ल्याएको हो। ६० इञ्चको फोरके एलसिडी प्यानल टिभीको मोल करिब २८ लाख ८० हजार रुपियाँ (३२ हजार डलर) तोकिएको छ।  यो टिभीको रेजोल्युसन ३८४०X२१६० पिक्सेल रहेको सार्पले जनाएको छ।