Showing posts with label इन्टरनेट संग रिलेटेड. Show all posts
Showing posts with label इन्टरनेट संग रिलेटेड. Show all posts

Thursday, April 2, 2015

कम्प्युटरमा जान्नैपर्ने केहि किबोर्ड सर्टकटहरु


के तपाई कम्प्युटरमा लामो समय काम गर्नु हुन्छ? र हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन् जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ । तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् . 
१. ओपन र क्लोज ट्याव
तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विन्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विन्डो बन्द हुने छ । कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T गर्दा पुग्छ । 
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ] को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [

३. विण्डो परिवर्तन
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न सक्नुहुन्छ । विण्डोज ७ र ८ भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ । 
४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् । यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ । 
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ । तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ । 
६. शब्द गन्ने र अक्षर बदल्ने
कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले Alt + T + W थिचे पुग्छ । यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र Alt + F4 थिच्नुस् । 
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् । 
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ । जस्तो कि, तपाईले Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

Friday, December 7, 2012

के तपाईँको इन्टरनेटको गति कम छ?


Speedtest 1सामान्यतया यो प्रश्नको जबाफ ‘हो’ वा ‘छ’ मा नै आउँछ । किनकी इन्टरनेटको महासागर र आजकलको इन्टरनेटमय जीवन शैलीमा जत्ति नै स्पिड भए पनि त्यो कम नै जस्तो लाग्छ। मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने पनि 56 kbps देखि 2 MBps सम्मको गतिमा इन्टरनेट चलाउँछु ... तर कामको प्रकृति वा उपयोगको आधारमा हेर्दा अझै अलिकता फास्ट भए’नि हुन्थ्यो भन्ने मनस्थिति सधैँ रहन्छ । त्यसैले आजको पोस्टमा उपलब्ध इन्टरनेटको गतिलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा यो पोस्ट केन्द्रित गरेको छु ।
यथार्थको स्विकार
पहिलो कुरा पहिलै भन्दा सही हुन्छ । कुरा के भने तपाईले जुन गतिको इन्टरनेट सेवा उपयोग गरिरहनु भएको छ त्यसलाई तोकिएको गति भन्दा बढाउने कुनै उपाए छैन् । यदि तपाईँ इन्टरनेटको ‘स्पिड’ बढाउने कुनै सफ्टवेयरको खोजीमा हुनुहुन्छ वा त्यस्ता नारा दिने कुनै सफ्टवेयरको प्रयोग गर्नुहुन्छ भने त्यो ९९% हौवा मात्र हुन्छ। त्यसैले सबैभन्दा पहिला कुनै सफ्टवेयर प्रयोग गरेर इन्टरनेटको गति बढाउने कल्पनालाई छाड्नुस् । कुरा सामान्य छ, १५-२० हजार पर्ने एउटा अपरेटिङ्ग सिस्टम बनाउने कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमा २०-२५ डलरमा बजारमा पाईने सफ्टवेरयले दावा गर्ने जस्तो ‘स्पिड बुस्टर’ बनाउन नसकेर नहाल्ने पक्कै पनि होइन ।
ऊपाए के त ?
अब कुनै पनि सफ्टवेरयले इन्टरनेटको गति बढाउन सक्दैन भने के गर्न सकिन्छ त ? । यहाँनेर, ‘पैसा कमाउने भन्दा पैसा जोगाउने’ तरिकाले मान्छे धनी हुन्छन् भन्ने अर्थशास्त्रको जस्तै नियम लागु हुन्छ । हो, तपाईँ आफ्नो ISP (Internet Service provider) ले दिएको भन्दा बढि गति पाउन सक्नुहुन्न तर थाहा भएर वा नभएर खेर गएको व्यान्डविड्थ वा इन्टरनेट संसाधनलाई भने जोगाउन सक्नुहुन्छ । साथै अन्य केही सामान्य ‘अक्कल’ लगाएर उपलब्ध संसाधनको अधिकतम उपयोग गर्न सक्नुहुन्छ ।
अब के गर्ने त ?
माथि नै लेखि सकिएको छ कि ईन्टरनेट सेवा प्रदायकले (ISP) दिएको भन्दा बढि गति पाउनु असम्भव छ। तर निम्न कुराहरूमा ध्यान पुर्‍याएमा उपलब्ध संसाधनको अधिकतम उपयोग भने गर्न सकिन्छ र तपाईँको ईन्टरनेटको गतिमा पक्कै सुधार आउने छ ।
१) अटो अपडेटलाई बन्द गर्नुस: साधारणतया विण्डोजका अपरेटिङ्ग सिस्टमहरू, एण्टी भाइरस र हाम्रा कम्प्युटरमा स्थापना गरिएका विभिन्न सफ्टवेयरहरू इन्टनेटमा जोडिएको बेलामा स्वचालित रूपमा अपडेट हुने गरी बनाइएका हुन्छन् । तपाईँले प्रयोग गर्ने अपरेटिङ्ग सिस्टम र एण्टि भाइरस आदिका विविधता र भिन्नताका कारण कुन कुन भर्सनमा कसरी यो अपडेटलाई बन्द गर्ने भन्ने ठ्याक्कै बताउन त सकिन्न। तर विण्डोज, एण्टिबाइरस आदिलाई अटोमेटिक हैन, म्यानुअल अपडेट गर्ने सेटिङमा राख्दा इन्टरनेटको गतिमा उल्लेख्य सुधार आउँछ ।
२) अनावश्यक Add-on, Plugin, Extension निष्क्रिय गर्नुस: विण्डोजमा बण्डल भएर आउने इन्टरनेट एक्सप्लोरर होस वा गुगल क्रोम वा फायरफक्स कुनै पनि ब्राउजर हाम्रो भिन्न भिन्न कार्यविधि वा चाखका लागि पर्याप्त हुँदैनन् । त्यसपछि सुरु हुन्छ आफ्ना चाहना अनुसारका विविध Add-on र Extension आदि जोड्ने क्रम। यसरी जोडिएका वा थपिएका Add-on र Extension हरूले ब्राउजरलाई विविधता दिन्छन् र धेरै कामहरु सरल पनि हुन्छन् । तर ब्राउजर खुल्ने बित्तिकै खुल्ने यस्ता Add-on र Extension हरूले नै इन्टरनेटको संसाधन व्यय गर्छन र ईन्टरनेटको गति कम हुन थाल्छ । अत: आवश्यक बाहेकका अन्य Add-on र Extension हरूलाई disable वा निष्क्रिय गराएर राख्दा पनि इन्टरनेटको गतिमा सुधार आउँछ ।
३) History र Browser Cache लाई सीमित गर्नुस: तपाईँले चाहे जुनसकै ब्राउजर प्रयोग गर्नुस । सबैले नै एक पटक हेरिसकेको पेजलाई निश्चित फोल्डरमा अटो सेभ गरेर राख्ने गर्छन् । कहिलेकाही “अफलाइन भ्यू” को लागि यो काम लागे पनि तपाईँको कम्प्युटरमा रहने यस्ता फाइलहरूले समयको अन्तरालमा इन्टरनेटको गति कम गर्न थाल्छन् । अत: निश्चित समय पछाडि ब्राउजरको History र Browser Cache ‘क्लिएर’ गर्नुस् ।
४) राउटरको कनेक्शन र स्थान: एडिएसएल, ब्रोडव्याण्ड वा अन्य कुनै राउटर वा मोडेमको प्रयोग गर्नुहुन्छ भने त्यसमा रहेको कनेक्शनलाई सफा राख्नुस र धुलो वा खियाबाट जोगाउनुस् । एडिएसएल राउटर प्रयोग गर्नुहुन्छ भने टेलिफोनको लाईन सुरूमा एडिएसल राउटरमा छिराएपछि मात्रै फोनमा जाने व्यबस्था गर्नुस् र राउटरमा प्रवेश गर्नु अगाडि कतैबाट पनि फोनसँग कनेक्शन नगर्नुस् ।
टेलीफोनको तार वा लान केबल ओस वा पानीले भिजेको छ भने पनि त्यसले इन्टरनेटको गतिमा निकै प्रतिकूल असर गर्छ । त्यसैले तारहरू सुख्खा रहेन व्यबस्था गर्नुस ।
राउटरलाई टेबुल मुनि, घर्रा वा अन्य बन्द स्थानमा नराख्नुस र सकेसम्म खुल्ला स्थानमा राख्ने गर्नुस । राउटरलाई अन्य कुनै विद्युतिय उपकरणभन्दा पर राख्नुस र सकेसम्म उपयोग गरिने कम्प्युटरसँग धेरै अग्लो, होचो वा टाढा नहुने गरी राख्नुस् ।
५) ब्राउजर र अन्य सम्बन्धित फाइलको अपडेट: तपाईँ कुनै पनि ब्राउजर प्रयोग गर्नुस, समय समयमा तिनलाई सुधार गरेर उपलब्ध गराइएका नयाँ-नयाँ संस्करणहरू सार्वजनिक भएका हुन्छन् । अत: समय समयमा आफ्नो ब्राउजर अपडेट गर्नुस् । साथै आजकलका विविधता भएका पेजहरू हेर्न आवश्यक Flash Player, Java, Shockwave Player र आफूले प्रयोग गर्ने Add-on र Extension हरूलाई पनि समय समयमा अपडेट गर्नुस् ।
६) नेटवर्क सेरिङ्ग र छिमेकी बाट सुरक्षा: आजकल कार्यालयहरूमा मात्रै हैन्, एउटै घरमा पनि २ वा सो भन्दा बढी कम्प्युटर हुनु भनेको विस्तारै सामान्य बन्दै गएको छ । यस्तो अवस्थामा सजिलोको लगि प्राय: वायरलेस राउटरको प्रयोग गरेर इन्टरनेट कनेकशन सेरिङ्ग गरिन्छ । वायरलेस सेरिङ्ग सजिलो र झन्झट रहित तरिका भए पनि कहिलेकाही यसको प्रयोग गर्दा सुरक्षामा ध्यान दिइएन भने इन्टरनेट कनेक्शन अनधिकृत व्यक्तिद्वारा प्रयोग हुन सक्ने सम्भावना रहन्छ । अत: वायरलेस राउटर प्रयोग गर्नुहुन्छ भने त्यसमा पासवर्ड राख्नुस् ।
७) QoS को सम्पादन: विण्डोज एक्सपि र त्यस पछिका विण्डोजका भर्सनहरुमा करिव २० प्रतिशत व्याण्डविड्थ वा इन्टरनेट संसाधन ‘उच्च प्राथमिकताका केही आन्तरिक प्रोग्रामका लागि संचित गरिएको मानिन्छ। यस बारेमा प्रयोगकर्ताहरूको मत भिन्न भिन्न भएपनि विन्डोजको एउटा सानो सेटिङ्गमा सामान्य परिवर्तन गर्दा इन्टरनेटको गतिमा उलेख्य सुधार आउने विश्वास गरिन्छ । त्यसैले यसलाई पनि प्रयोग गरेर हेर्न सकिन्छ।
यसको लागि आफ्नो कम्प्युटरबाट START>Run गरेर कमाण्ड बक्समा gpedit.msc टाइप गर्नुस्। अब खुल्ने पेजमा Local Computer Policy भन्दा मुनि रहेको Administrative Templates > Network > QOS Packet Scheduler मा क्लिक गर्नुस् । अब पेजको दायाँपट्टी रहेको “Limit reservable bandwidth” मा डबल क्लिक गर्नुस् र त्यसलाई “Enable” गर्नुस् । Bandwidth limit (%) मा ० (शुन्य) गरेर Apply>>OK गर्नुस् । (तलको चित्र हेर्नुस):
    विण्डोज एक्सपिको लागि:                        एक्सपि पछिका भर्सनका लागि:
Reserve Bandwidth XPLimit reservable bandwidth win 7
(चित्र ठुलो गरेर हेर्न सोही चित्रमा क्लिक गर्नुहोला, चित्र आफैँ अर्को पेजमा ठुलो आकारमा खुल्नेछ)
बाँकी पछि ।
Happy Surfing !

Friday, November 23, 2012

के तपाईँको मोबाईल ब्राउजरमा नेपाली अक्षर देखीदैँन ?

मोबाइल नेटवर्कको विस्तार सँगै जिपिआरएस, ३ जी सर्विस र कतै कतै ‘मोबाइल अफिस’ आदि भनिने मध्यम र द्रुत गतिका इन्टरनेट सुविधा पनि सुलभ हुँदै जाँदा, मोबाइल बाटै इन्टरनेट चलाउनेहरुको जमात पनि बढ्दै छ । अर्को तर्फ नेपाली युनिकोडको विकाससँगै इन्टरनेटमा अंग्रेजी भाषाकै मात्रै अधिपत्य समाप्त भैसकेकको छ र अहिले बढी भन्दा बढी साइटहरु नेपाली भाषामै उपलब्ध छन् । पत्रिका वा ब्लगकै कुरा गर्ने हो भने नेपाली भाषामा लेखिने यस्ता पेजहरु गन्न मुस्किल पर्ने हिसाबमा बढ्दै गएका छन् ।
तर...., हो तर यदि तपाईँको मोबाइलले नेपाली भाषा सपोर्ट गर्दैन भने के गर्ने त ? । आजको यो पोस्ट तपाईको नेपाली नचिन्ने मोबाइल सेटको ब्राउजर लाई कसरी नेपाली चिन्ने बनाउनेमा केन्द्रित छ ।
सामान्यतया नेपाली भाषा 'नचिन्ने' मोबाइल लाइ नेपाली ‘चिन्ने’ बनाउन निम्न तरिकाहरु छन् :
  • मोबाइलको ‘फर्म वेयर’ ह्याक (सम्पादन) गरेर ।
  • उपलब्ध भएको खण्डमा मोबाइलमा ‘ल्याङ्वेज प्याक’ हालेर ।
तर यी दुबै तरिका आपनाउन निश्चित प्राविधिक ज्ञान हुनु आवश्यक छ र यो सम्पूर्ण प्रकृया एकदमै संवेदनशील भएकोले निकै सावधानी आपनाएर गर्नु पर्छ । त्यसैले म यो जटिल प्रकृयातर्फ जान्न पनि । अत: आजको पोस्टमा म यी दुई बाहेकको एकदमै सरलतम विधिको चर्चा गर्दै छु ।
Nepali for Mobileसरल शब्दमा भन्दा, मोबाइल सेटको ‘फर्मवेयर’ लाई छेडछाड नगरी, केही सरल र निःशुल्क मोबाइल सफ्टवेयरको प्रयोग र सम्पादन बाट मोबाईल ब्राउजरलाई नेपाली भाषा मैत्री बनाउने तरिकाको हो यो ।
त, अब लागौँ मोबाइल इन्टरनेटमा नेपाली युनिकोड देखिने बनाउन तर्फ । हामीलाई थाहा भएकै कुरा हो, यदि मोबाइले युनिकोड (नेपाली) सपोर्ट गर्दैन भने मोबाइलबाट नेपाली युनिकोड भएको साइट खोल्दा भने नेपाली अक्षरहरु ”ְֻ֔” वा “ c c c c ” जस्तो मात्रै देखिन्छन् । बायाँतर्फको चित्रमा हेर्नुस । यसरी पढन नमिल्ने बक्स-बक्स वा चिन्हरु जस्ता मात्रै भएर देखिने अक्षरलाई पढ्न मिल्ने बनाउन लागि सबैभन्दा सरल तरिका भनेको Opera Mini को प्रयोग गर्नु हो ।
हो !, तर Opera Mini हाल्ने बित्तिकै यसबाट नेपाली अक्षर देखिहालीने भने हैन । त्यसको लागि निम्न तरिका अपनाउनु पर्छ:
१. सबैभन्दा पहिला त यदि तपाईँको मोबाइलमा Opera Mini छैन भने कम्युटर ब्राउजरबाट यहाँ वा यहाँ गएर आफ्नो मोबाइलको ब्रान्ड र मोडेल अनुकुलको सफ्टवेरय डाउनलोड गर्नुस र मोबाइलमा इन्स्टल गर्नुस ।( Opera Mini मोबाइल बाटै सिधै पनि डाउनलोड र इन्सटल गर्न पनि सकिन्छ)
२. अब मोबाइलमा भएको Opera Mini खोल्नुस र एड्रेसबारमा about:config टाइप गर्नुस र इन्टर दबाउनुस।
Nepali Font for mobile
३. अब खुल्ने पेजलाई स्क्रोल गर्नुस र तलतीरको “Use bitmap fonts for complex scripts” भन्ने विकल्पमा हेर्नुस:
४. अब सो विकल्पको पछाडि भएको "No" लाइ "Yes" गर्नुस र "Save" दबाउनुस । बस अब Nepali font for mobile browserतपाईँले ब्राउजर रिस्टार्ट गर्नु भयो भने त्यहाँ भएका नेपाली अक्षरहरु कोठा-कोठा वा पढ्न नमिल्ने चिन्हहरुको रुपमा हैन सीधै नेपाली अक्षरमा देखिनेछन् । (वायाँ तर्फको चित्र हेर्नुहोस)
ब्राउजरमा देखिने अक्षरहरु साना वा ठूला भएमा तपाई त्यसलाई आफ्नो अनुकुल बनाउन सक्नुहुन्छ। साथै about:config पेजमा प्रवेश गरेपछि सामान्य अबस्थामा मेनु वा अप्सनमा नभएका अन्य केही विकल्पहरु पनि त्यसमा देखिनेछन् । जुन आवश्यक नभएको खण्डमा वा साधारण अवस्थामा सम्पादन गर्नु वा चलाउनु जरुरी हुँदैन्।
माथी बताईए जस्तै गरी केवल "Use bitmap fonts for complex scripts” भन्ने विकल्पलाई "No" बाट "Yes" गर्ने बित्तिकै सर्वर साइडमै अक्षरहरु रुपान्तरीत हुने हुनाले सामान्य अबस्थामा पढ्न नमिल्ने नेपाली लगाएत अन्य धेरै लिपिहरु मोबाईल स्क्रिनमा पढ्न मिल्ने गरी देखिनेछन् ।
नोट: यहाँनेर एउटा याद गर्नै पर्ने कुरा के छ भने, यस क्रममा वेब पेजमा रहेका जटिल लिपीहरु मोबाइल सेटमा हैन, सर्वरमै रुपान्तरित हुने हुनाले पेज लोड केही ढीला हुनसक्छ र तपाईको जिपिआरएसको डेटा-चार्ज पनि सामान्य अबस्थामा भन्दा बढि लाग्न सक्छ। तर नेपाली भाषा सपोर्ट नगर्ने मोबाइलबाट नेपाली अक्षरहरु पढन यो नै सबैभन्दा सरल विधि पनि हो Open-mouthed smile
Happy Surfing !!!

Tuesday, October 30, 2012

लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !

लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !

                         
Search Nepali Blogपृष्ठभूमि:
नेपाली ब्लगको मात्रै खोजी गर्ने एउटा सर्च साइटको आवश्यक्ता रहेको कुरा केही समय अगाडि देखि नै महसुस भएको हो । गुगलले खुला गरेका गुगलकै खोजी संयन्त्र वा प्लेटफार्म प्रयोग गरेर आफ्नो छुट्टै वा आफूले चाहेजस्तो सर्च साईट बनाउन मिल्ने भए पनि बनाउने तालमेल भने मिलेको थिएन। माथि भनेजस्तै गुगलकै नि:शुल्क प्लेटफार्ममा आफूले चाहेको मात्रै साइट खोज्न मिल्ने र भनेको जस्तै रंगरुपमा साइट तयार गर्न मिल्ने र यसको लागि खासै प्राविधिक ज्ञान नचाहिने भए पनि धेरैदिन देखि समयाभावका कारण यो काम गर्न भ्याइरहेको थिइँन ।
नेपाली ब्लग सञ्जाल
इन्टरनेटको सुलभता र नेपाली युनिकोडको विकासका कारण नेपाली ब्लगहरुको सङ्ख्या पनि दिनदिनै बढ्ने क्रममा छन् । सङ्ख्यात्मक वृद्धि मात्रै खासै उल्लेख्य उपलब्धि हैन र नेपाली ब्लगको प्रमुख समस्या अर्थात् सक्रिय पाठकको अभाव अझै यथावत नै छ। तर पनि हेरक क्षेत्रमा सङ्ख्यात्मक वृद्धि सँगै प्रतिस्पर्धा र प्रतिस्पर्धा सँगै गुणात्मक सुधार आउने नियम अनुसार नेपाली ब्लगको गुणस्तरमा पनि यो सङ्ख्यात्मक वृद्धिले पक्कै पनि सकारात्मक भूमिका खेल्ने नै छ भन्नेमा व्यक्तिगत रूपमा भने म विश्वस्त छु।  
नेपाली ब्लगरहरुको मूल घर अर्थात् http://bloggers.com.np मा करिब ११०० जत्ति ब्लग सूचिकृत भएका छन्, भने हाम्रो सर्कल मा विगत ६ महिनाको अवधि सम्ममा अद्यावधिक भएका ब्लग करिब ५०-५५ जत्ति छन् । नेपाली ब्लगहरुको फिड अपडेट हुने अर्को साइट नेपाली भाषाका ब्लगहरु  र http://bloggerofnepal.blogspot.com/मा सूचीकृत भएका र विगतका ६ महिना भित्र अपडेट भएका ब्लगलाई सक्रिय ब्लग मान्ने हो भने करिब ८०-९० ओटा ब्लग यस “सक्रिय ब्लग”को दायरामा पर्छन् ।
हुन त यी र यस्तै साइटहरूमा सूचीकृत भएका ब्लग मात्रै नेपाली ब्लग पक्कै होइनन्, ती बाहेकका केही व्यक्ति र संस्थाहरुले समेत कसैले नि:शुल्क वेबस्पेस त कसैले आफ्नै डोमेन किनेर समेत ब्लग चलाएका छन् । तर पनि, मेरो मोटामोटी अनुमान अनुसार नियमित अपडेट हुने र नेपाली ब्लगको सङ्ख्या करिब १००-१५० को हाराहारीमा छ र यो बढ्ने क्रममै छ ।
नेपाली ब्लग सर्च किन ?
अब कुरोको चुरो तर्फ लागौँ । सक्रिय ब्लगको सङ्ख्या १५० नै मान्ने र एकजना सक्रिय ब्लगरले घटिमा महिनाको दुइटा ब्लग लेख्छन् भन्ने न्यूनतम आकलन गर्ने हो भने पनि वर्ष दिनमा नेपाली ब्लग भण्डारमा कम्तिमा पनि ३६०० ओटा नयाँ टाँसो थपिन्छन् । त्यो बाहेक ‘कम सक्रिय’ र ३ महिने वा ६ महिने ब्लगरहरुको पनि त्यत्ति नै अनुपातमा हिसाब गर्दा र यसको बढदो प्रयोगको अनुमान गर्दा हरेक वर्ष ७०००-७५०० नयाँ पोस्ट नेपाली ब्लगमा थपिदैँ जान्छन् ।  यस्तो अवस्थामा कुनै दिन कुनै एउटा विषयमा नेपाली ब्लगरहरु मध्य कसैले केही लेखेका थिए वा थिएनन भनेर हेर्नु पर्‍यो भने निकै समय खर्चिनु पर्ने हुन सक्छ । 
हुन त गुगल, याहु, बिङ जस्ता अनेकौँ सर्च इन्जीन यस्तै खोजी कार्यका लागि नै हुन । तर २१ पुस्ताले २१ शताब्दी निरतन्तर पढे पनि नसक्कीने सामाग्री जम्मा भैसकेको इन्टरेटको सञ्जालमा खोज्न मिल्ने भए पनि आफूले चाहेकै कुरा झ्वाट्टै भेट्न मुस्किलै हुन्छ ।
त्यही नेपाली ब्लग खोजी सरल बनाउने उद्देश्य लिएर नै यो साइट बनाइएको हो । त्यो बाहेक कपि-पेस्टका कारण हैरान भएका ब्लगरहरुलाई पनि आफ्नो ब्लग कहाँ कसले कपि पेस्ट गरेको छ भन्ने पत्ता लगाउन पनि यो साइट सहयोगी हुनसक्छ । किनकि यो नेपाली ब्लग खोजी साइटले खाली नेपाली ब्लग भित्रका शब्द वा सामाग्री मात्रै खोज्छ र नेपाली ब्लग बाहेकका अन्य साइट लाई वास्ता गर्दैन । जसका कारण नेपाली ब्लग खोजी छिटो र सरल हुन जान्छ । मतलब तपाईँले यो साइटमा  ‘नेपाल सरकार’, ‘सगरमाथा’ वा ‘महाभारत’ लेखेर खोज्नु भयो भने यसले तपाईँलाई नेपाल सरकारको आधिकारीक पेज, सगरमाथा सम्बन्धि प्रसिद्ध साइट वा महाभारत किताब भेटिने ठाउँमा हैन नेपाली ब्लगरहरुले सो सम्बन्धमा केही  लेखेका रहेछन भने केबल तीनै ब्लग पेजमा मात्र लैजाने छ ।
नेपाली ब्लग सर्च:
तपाईँले कुनै बेला एकजना नेपाली ब्लगरले ओजोन तहको विनाशको बारेमा लेखेको पोस्ट पढ्नु भएको थियो तर कसले लेखेको र कुन ब्लगमा थियो बिर्सनु भयो । वा तपाईँलाई कुनै नेपाली ब्लगरले ‘यति’ वा ‘बुद्ध दर्शन’को बारेमा केही लेखेका छन् कि छैनन् खोज्नु पर्यो‘ वा छोटकरीमा नेपाली ब्लगमा कुनै कुरा लेखिएका छन् वा छैनन् भनेर खोज्न मात्रै हैन, तपाईँले पहिले कतै पढेको तर अहिले ठ्याक्कै याद नआएको विषयवस्तु खोज्नलाई पनि सजिलो होस भनेर यो सर्च साइट बनाइएको हो ।
अबका दिनमा तपाईलाई नेपाली ब्लगमा प्रयुक्त कुनै पनि शब्द, वाक्य वा ‘कि वर्ड’ खोज्नु पर्‍यो भने वा नेपाली ब्लगमा यो कुरा लेखिएको छ कि छैन होला भन्ने जान्नु पर्‍यो भने तपाई सिधैँ नेपाली ब्लग खोजी मा जान सक्नुहुन्छ ।
निर्माण, सञ्चालन र सुधार:
केही धेरै समय दिएको भए वा केही बढी मेहनत गरेको भए यो साईट अझै बढी उपयोगी र सरल हुन्थ्यो होला। तर सुरुवात पहिला गरौँ अनि सुधार गर्दै जाउँला भनेर अहिलेलाई जे जस्तो हालतमा छ त्यस्तै हालतमा यसलाई खुल्ला गरेको छु ।
हाल यसमा http://bloggers.com.np, हाम्रो सर्कल, नेपाली भाषाका ब्लगहरु आदिमा सूचिकृत करिब साढे एघार सय नेपाली ब्लग र अन्य केही नेपाली ब्लगहरु समेत गरी करिब १२०० वटा नेपाली ब्लगहरु सामेल गरिएको छ । अर्थात् ती १२०० वटा ब्लगहरु मध्य कुनै पनि ब्लगमा प्रयुक्त कुनै पनि शब्द वा “कि वर्ड” यसबाट खोज्न मिल्छ ।
हुन त मैले मेरो व्यक्तिगत जानकारीमा आएका बढी भन्दा बढी नेपाली ब्लगहरुलाई मैले यसमा समाविष्ट गर्ने प्रयास गरेको छु। तर यदि कसैको ब्लग यसमा समाविष्ट नभएको भए वा कसैले भर्खरै नयाँ ब्लग खोल्नु भएको छ भने कृपया जानकारी गराउनु होला । म यसलाई समय समयमा अपडेट गर्ने छु । यसलाई अझ कसरी बहुउपयोगी बनाउन सकिन्छ भन्ने बारेमा केही सुझाव भएमा पनि कृपया लेख्नु। होला ।
ल त, अब देखि नेपाली ब्लग खोजी गर्न परेमा वा नेपाली ब्लगमा प्रयुक्त कुनै शब्द, वाक्य वा जानकारी चाहीएमा  सिधै http://searchnepaliblog.blogspot.com/ मा जानु होला ।
नोट: यहाँ ‘नेपाली ब्लग’ भन्नाले नेपालीहरु द्वारा कुनै पनि भाषामा लेखिएको ब्लग र अरु कोही पनि व्यक्ति द्वारा नेपाली भाषामा लेखिएको ब्लग भन्ने बुझ्नु पर्छ ।
Happy Blogging!
Happy Searching!!

Friday, October 26, 2012

युटुब डाउनलोड

किन तपाईलाई युटुबको भिडियो आफ्नै कम्पुटरमा डाउनलोड गरेर हेर्न मन लाग्दैन किन ५ मिनेटको  गीतलाई दश मिनेट लगाएर हेर्नुहुन्छ अनलाइनमा शाहेद तपाईलाई थाहा छैन होला हामीहरुको एक-एक मिनेटको लापर्बाहिले गर्दा हामिलाइनै कति हानि भैराखेको छ त्यसैले ल आउनुहोस  अब हामी पनि समय को बचत गर्न सिकौ अनि ५ मिनेटको भिडियोलाई १० मिनेट होइन पाचै मिनेटमा हेरौ  त्यसको लागि मैले हजुरहरुलाई एउटा एस्तो सफ्टवेर लिएर आएको छु तपाइँ आफै अचम्म मान्नुहुनेछ चाहे जस्तो सुकै भिडियो किन नहोस तपाइँ यो सफ्टवेर प्रयोग गरेर युटुबका भिडियोहरु सजिलै संग आफ्नो कम्पुटरमा डाउनलोड गर्न सक्नुहुनेछ
१. सबैभन्दा पहिला यहाँ तल रहेको Download button मा क्लिक गरी File Download गर्नुहोस

२. त्यसपछी त्यस file लाई आफ्नो कम्प्युटर मा Install गर्नुहोस र त्यसलाई खोल्नुहोस र अब YouTube मा गई आफुलाई मन पर्ने Video Search गर्नुहोस र त्यसको ठिक लिंकमा Right click गर्नुहोस Copy Shortcut मा क्लिक गर्नुहोस र YouTube Downloader मा Paste गर्नुहोस

३. त्यसपछी तल Download button मा Click गर्नुहोस Automatic Download हुन थाल्यो र 100% complete भैसकेपछी Computer मा हेर्नुहोस त्यहाँ देखिनेछ

YouTube का Video हरु Download garne अरु पनि धेरै तरीका छन् तर अहिलेलाई बहने यसैमा मनोरंजन गर्नुहोला हामि अरु तरीका पनि छिट्टै लिएर आउनेछौं धन्यबाद।
मन परे Like Button दबाउनुस