पहिलेदेखि विन्डोज एक्सपी, विन्डोज
भिस्टा वा विन्डोज सेभेन चलाउने बानी लागेहरुलाई विन्डोज ८ चलाउँदा सुरुमा
धेरै नै अप्ठ्यारो लाग्छ । विन्डोज ८ विशेषगरी टच इनेबल डिभाइसहरुको लागि
निर्माण गरिएको हुनाले टच इनेवल नभएका मेसिनहरुमा चलाउन अप्ठयारो लाग्नु
सहज कुरा हो ।
नयाँ इन्टरफेस र स्टार्ट बटम नभएको चर्चा परिचर्चा भएको विन्डोज ८ मा स्टार्ट बटन पनि राख्न मिल्छ ।
विन्डोज ८ चलाइरहनुभएको छ भने यो चित्र देख्दा अचम्म लाग्न सक्छ । हेर्दा
विन्डोज सेभेन जस्तै लाग्ने यो इन्टरफेस सेभेनको नभएर विन्डोज ८ को हो ।
साधारण मानिसहरू जो कम्प्युटरमा आधारभूत ज्ञान मात्रै छ उनीहरूको लागि विन्डोज ८ फलामको चिउरा हुनसक्दछ ।
साधारण मानिसहरू जो कम्प्युटरमा आधारभूत ज्ञान मात्रै छ उनीहरूको लागि विन्डोज ८ फलामको चिउरा हुनसक्दछ ।
विन्डोज ८ मा स्टार्ट बटन सुचारु गर्नको लागि धेरै नै एप्लिकेशनहरु
बनिसकेका छन् । तर ती मध्धे मलाई यो एप्लिकेशन धेरै मन पर्यो । कुनै
एप्लीकेशन पैसा तिरेर किन्नुपर्दछ । यो भने निःशुल्क पाइने एप्लीकेशन हो ।