Sunday, December 9, 2012

विन्डोज ८ मा स्टार्ट बटन कसरी राख्ने ।

पहिलेदेखि विन्डोज एक्सपी, विन्डोज भिस्टा वा विन्डोज सेभेन चलाउने बानी लागेहरुलाई विन्डोज ८ चलाउँदा सुरुमा धेरै नै अप्ठ्यारो लाग्छ । विन्डोज ८ विशेषगरी टच इनेबल डिभाइसहरुको लागि निर्माण गरिएको हुनाले टच इनेवल नभएका मेसिनहरुमा चलाउन अप्ठयारो लाग्नु सहज कुरा हो । 

नयाँ इन्टरफेस र स्टार्ट बटम नभएको चर्चा परिचर्चा भएको विन्डोज ८ मा स्टार्ट बटन पनि राख्न मिल्छ । 
विन्डोज ८ चलाइरहनुभएको छ भने यो चित्र देख्दा अचम्म लाग्न सक्छ । हेर्दा विन्डोज सेभेन जस्तै लाग्ने यो इन्टरफेस सेभेनको नभएर विन्डोज ८ को हो ।
 साधारण मानिसहरू जो कम्प्युटरमा आधारभूत ज्ञान मात्रै छ उनीहरूको लागि विन्डोज ८ फलामको चिउरा हुनसक्दछ । 
विन्डोज ८ मा स्टार्ट बटन सुचारु गर्नको लागि धेरै नै एप्लिकेशनहरु बनिसकेका छन् । तर ती मध्धे मलाई यो एप्लिकेशन धेरै मन पर्‍यो । कुनै एप्लीकेशन पैसा तिरेर किन्नुपर्दछ । यो भने निःशुल्क पाइने एप्लीकेशन हो ।


कसरी गर्ने इन्स्टल । 

यो एप्लीकेशन इन्स्टल गर्नको लागि पहिला यहाँ क्लिक गर्नुहोस् । तपाईँको हार्ड डिक्समा ८२८ के.विको एउटा एप्लीकेशन फाइल डाउनलोड हुन्छ । त्यसलाई डबल क्लिक गर्नुहोस् । दुईवटा अप्सन भेट्नुहुनेछ । पुरै प्याकेज इन्स्टल गर्ने कि सेलेक्टेड? पुरै प्याकेज इन्स्टल गर्नको लागि म सुझाव दिन्छु । याहु म्यासेन्जर ११ डाउनलोड गरेर इन्स्टल गरेजस्तै केही समयपछि (इन्टरनेटको गति स्लो भने धेरै समय लाग्नसक्छ) तपाईँको कम्प्युटरमा क्लासिक सेल नाम गरेको एप्लीकेशन इन्स्टल भएको हुन्छ ।

कस्तो स्टार्ट मेनु चलाउने

विन्डोज ८ प्रयोग गर्नुभन्दा अगाडी कुन अपरेटिङ सिस्टम प्रयोग गर्नुभएको थियो ?  यसले तीन प्रकारको स्टार्ट मेनु राख्ने अप्सन दिएको छ । तिमध्धे धेरैको रोजाई विन्डोज सेभेन वा भिस्टा हुनसक्दछ । मेरो आफ्नो रोजाइ पनि त्यही बन्यो । स्टार्ट मेनु परिबर्तन गर्न को लागि Start>Setting>Classic Start Menu



एप्सले काम गर्छ । 

विन्डोज ८ चलाइरहनुभएको छ भने विन्डोज ८ को स्टोरबाट डाउनलोड गरिएका एप्सहरुको मज्जा पक्कै पनि लिनुभएको छ । स्काइपी जस्ता भिडियो कलिङ सफ्टवेयरहरुको एप्स डाउनलोड गरेपछि तीनीहरु चलाउनुको मजा नै बेग्लै हुन्छ । त्यसको बारेमा कुनै दिन अर्को ब्लग पोस्ट लेखौला । यी एप्सहरुले काम गर्दैनन् कि जस्तो लाग्न सक्छ । ढुक्क हुनुहोस् डाउनलोड गरिएका एप्सहरुले काम गर्दछन् । मात्र स्टाट मेनु पहिलाको जस्तै हुन्छ ।
 तलको चित्र विन्डोज ८ को नेपाली भर्सन को हो ।



हटाउन के गर्ने ? 

कम्प्युटरमा यो एप्लीकेशन इस्टल हुँदा योसँगै अरू दुईवटा एप्लीकेशन पनि आफैँ इन्स्टल हुन्छ । ती एप्लीकेशनको आवश्यकता छैन । त्यसैले कन्ट्रोल प्यानलमा गएर ती एप्लीकेशनलाई हटाउनुहोस् । पहिलाको जस्तो पुरानो आउटलुक के चलाउने भन्ने लाग्छ भने Control Panel>Programs and Features  बाट Classic Shell नाम गरेको प्रोग्रामलाई  Delete गरिदिनुहास् । विन्डोज ८ को इन्टरफेस खुल्छ ।

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.