Friday, December 7, 2012

जिमेल भीत्रबाटै फेसबुक र ट्वीटर चलाउनुस !


सन २००४ को अप्रिल १ मा सिमित (निमन्त्रित) प्रयोगकर्ता बीच खुला गरेर विस्तारै बिटा भर्सन हुँदै ७ जुलाइ २००९ मा मात्रै 'फुल भर्सन' मा आएको जिमेल सुरुदेखि नै यसको सरल ईन्टरफेस र बहुउपयोगी अनुप्रयोगहरुका कारण प्रयोगकर्ता माझ लोकप्रिय रह्यो ।
एउटै मेल एकाउन्ट खोलेपछि गुगलसँग आबद्ध अन्य सेवा-सुविधा प्रयोग गर्न मिल्ने मात्रै नभइ यसको Labs, Gadgets आदि अनुप्रयोगबाट बाह्य वेब एप्लीकेशन पनि जोडन सकिने विविध सुविधाहरूका कारण जिमेल झनै उपयोगी र लोकप्रिय हुँदै गएको छ भन्दा फरक नपर्ला ।
यसरी जिमेलमा आबद्ध गर्न सकिने सैयौँका सङ्ख्याका अनुप्रयोगहरूको चर्चा सानो पोस्टमा असम्भव छ । अत: आजको पोस्टमा म जिमेल भित्रबाटै कसरी फेसबुक, ट्वीटर आदि सामजिक सञ्जाल चलाउने भन्ने बारेमा छोटो चर्चा गर्दैछु ।
जिमेल भित्रैबाट फेसबुक, ट्वीटर आदि चल्ने बनाउनु भन्दा पहिला यस बारेका केही आधारभूत कुराहरू:
माथी बताइएजस्तै जिमेल भित्रबाट वाह्य इमेल वा सामाजिक सञ्जालका एकाउन्टहरू चलाउन जिमेलमा उपलब्ध Gadgets सक्रिय गराउनु पर्छ । त्यसैले सबैभन्दा पहिला आफ्नो जिमेलमा लगइन गर्नुहोस र Mail Settings>> Labs हुँदै Available Labs भन्दा मुनि रहेको “Add any gadget by URL” लाई Enable गर्नुस (अर्थात Enable मा चेकमार्क लगाउनुहोस) र पेज स्क्रोल गरेर पेजको तलतिर भएको "Save Changes" मा क्लिक गर्नुहोस । तलको चित्र हेर्नुस (चित्रलाई ठुलो गरेर हेर्न त्यसैमा क्लिक गर्नुहोला—चित्र आफैँ अर्को पेजमा खुल्ने छ):
Main
अब तपाईँको जिमेल एकाउन्ट वाह्य इमेल वा सामाजिक सञ्जालसँग जोडिन तयार भयो । अब हरेक सामाजिक सञ्जाल वा वाह्य इमेल सक्रिय गराउन तलको विधि आपनाउनुस:
जिमेल भित्रबाट फेसबुक:
हो, facebook.com वा फेसबुकको आधिकारीक वेबसाइटमा नगइकन, जिमेलभित्र बाटै फेसबुक सञ्चालन गर्न सम्भव छ र सजिलो पनि । यदि तपाईँ जिमेल भित्रैबाट फेसबुकमा भएका साथीहरूका नयाँ स्टाटस अपडेट हेर्न, आफ्नो स्टाटस अपडेट गर्न र साथीहरूसँग अन्तरक्रिया गर्न चाहनुहुन्छ भने त्यसको लागि यसो गर्नुस:
१) आफ्नो जिमेलको माथिल्लो दायाँपट्टी भागमा रहेको Options>> Mail Settings हुँदै Gadgets मा क्लिक गर्नुस् । (तलको चित्रमा हेर्नुस—चित्र ठूलो गर्न त्यसैमा क्लिक गर्नुस)
Adding Facebook in Gmail
२) अब Add a gadget by its URL: भन्दा मुनि रहेको खाली भागमा तलको URL कपि पेस्ट गर्नुस र Add मा क्लिक गर्नुस: http://hosting.gmodules.com/ig/gadgets/file/104971404861070329537/facebook.xml (यो URL खाली बक्समा पेस्ट गर्नुस)
expand३) अब तपाईँको जिमेलमा फेसबुक जोडिने छ र तपाईँले जिमेलको साइडबारमा वायाँपट्टिको चित्रमा जस्तै फेसबुकको ग्याजेट देख्नु हुनेछ र सो लाई Expand गरेपछि तपाईँको जिमेल पेजमा फैसबुकका अपडेट र सन्देशहरू देखिने छन् । । पहिलो प्रयोगमा तपाईँले फेसबुकमा लगईन गर्ने र यो ग्याजेटलाई फेसबुक access गर्ने अनुमति दिनु पर्ने हुन्छ । चित्रमा हेर्नुस:
Facebook Permission
ग्याजेटलाई आवश्यक अनुमति दिने क्रममा तपाँईले आफ्नो फेसबुकको युजरनेम र पासवर्ड प्रविष्ट गर्नु पर्ने हुन्छ अब तपाईँ जिमेल भीत्रबाटै मजाले फेसबुक चलाउन सक्नुहुन्छ । तलको चित्र हेर्नुस:
Facebook within Gmail
जिमेल भीत्रबाट ट्वीटरको प्रयोग:
माथी नै लेखिसकिएको छ वाह्य सञ्जाल वा इमेल आदि ग्याजेटकै माध्यमबाट जिमेलमा जोडिन्छन् । त्यसैले Add any gadget by URL लाई Enable गरिसकेको अवस्थामा अन्यकुनै सेवा वा सुविधा यसमा जोडन सिधै Gadgets मा जान सकिन्छ। अत: ट्विटरलाई जिमेलमा जोडन्:
१) सुरुमा जिमेलको माथिल्लो दायाँपट्टी भागमा रहेको Options>> Mail Settings हुँदै Gadgets मा क्लिक गर्नुस् ।
२) अब Add a gadget by its URL: भन्दा मुनि रहेको खालि भागमा तलको URL कपि पेस्ट गर्नुस र Add मा क्लिक गर्नुस:
http://twittergadget.appspot.com/gadget-gmail.xml (यो URL खाली बक्समा पेस्ट गर्नुस)
Adding Twitter in Gmail
अब तपाईँको जिमेलमा ट्विटर पनि जोडिने छ ।
Twitter in FBयो ग्याजेट जोडिइसकेपछि फेसबुक ग्याजेट जस्तै यो पनि जिमेलको साइडबारमा देखिने छ। वायाँपट्टीको चित्रमा हेर्नुस। यसको पहिलो प्रयोगमा पनि तपाईँले फेसबुकको जस्तै यो ग्याजेटलाई ट्विटर access गर्ने अनुमति दिनु पर्ने हुन्छ । तलको चित्रमा हेर्नुस:
Twitter Authorization in Gmail
ग्याजेटलाई आवश्यक अनुमति दिने क्रममा तपाँईले आफ्नो ट्विटरको युजरनेम र पासवर्ड प्रविष्ट गर्नु पर्ने हुन्छ । तत्पश्चात् तइपाई सिधै जिमेल भित्रबाटै ट्वीटरको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
चित्रमा हेर्नुहोस्। तपाईँ अब जिमेल भित्रैबाट ट्वीटर अपडेट गर्न र साथीको ट्विट पढने मात्रै हैन्, DM, Retweets, Favorities, Retweet आदि को प्रयोग पनि गर्न सक्नुहुन्छ ।
Twitter within Gmail
छैन त रमाइलो Laughing out loud
Happy Tweeting and Happy Facebooking !!

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.