Friday, October 26, 2012

मान्छेले लगाएको कुनै पनि कपडाको रंग (Color) कसरी बदल्ने (Photoshop)

आज मैले हजुरलाई Photoshop को सहाएताले मान्छेले लगाएको कुनै पनि कपडाको रंग (Color) कसरी बदल्ने भनेर चर्चा गर्न जाँदै छु तर याद गर्नुहोला मैले यहाँ तल कपडाको Color change गर्ने भन्ने बारेमा लेख्न खोजेको हुँ कपडा बदल्ने (Change) गर्ने भन्न खोजेको होइन कपडा पनि बदल्न सकिन्छ तर त्यसको बारेमा भने आगामी दिनहरुमा बयान गरौंला र अब हेर्नुहोस यहाँ तल कसरी बदल्ने त कपडाको Color एकदमै सजिलो अनि छिटो तरीका >>>
१. सबैभन्दा पहिला Photoshop खोल्नुहोस र कुन मान्छेले लगाएको कपडाको रंग बदल्न खोजेको हो त्यस फोटोलाई Select गर्नुहोस त्यसको लागी तपाइंले Keyboard बाट "Ctrl+O" थिच्दा पनि हुन्छ

२. त्यसपछी अब  "Lasso Tool (L) अथवा Pen Tool (P)" कुनै एक मा Click गर्नुहोस

३. र अब त्यस फोटोलाई Zoom गर्नुहोस र Zoom गरंको लागी keyboard बाट "Ctrl++ (plus) अथवा Ctrl+- (minus) थिचेर Photo लाई Zomm गरी कपडाको सबैतिर बाट घेरा लगाउनुहोस  घेरा लगाउँदा खेरी बराबर लगाउनुहोला र यदी हजुरले घेरा लगाउने बेलामा Lasso Tool (p) प्रयोग गर्नुभयो भने र Photo लाई यताउता तलमाथी हलाउनुपर्यो भने Keyboard बाट Space bar थिच्नुहोला र "Pen Tool (P) ले गर्नुबह्यो भने चाहीं Scrol  bar लाई नै एताउता तलमाथी गर्दा हुन्छ र घेरा लगाएर अन्तीम भैसकेपछी Keyboard बाट "Enter" key थिच्नुहोला र त्यसपछी यहाँ तलको जस्तै देखिनेछ

४. र अब Photoshop को सबैभन्दा माथी "Layer >New Adjustment Layer > Black & White" मा Click गर्नुहोस

५. Black & White मा हजुरले Click गरीसकेपछी त्यहाँ अर्को एउटा New Layer को Dialog Box खुल्नेछ र हजुरले कतै अपनी केहि नगरी मात्र "Ok" गर्नुहोला

६. र अब त्यहाँ फेरी अर्को एउटा Box खुल्नेछ त्यो चाहीं हजुरले कपडाको Color बदल्ने Color Box हो तर हतार नगर्नुहोस  सबैभन्दा पहिला त्यहाँ "Tint" Box मा ठिक लगाउनुहोस र ठिक त्यसको दायाँतिर White Color भएको ठाउँमा Click गर्नुहोस जस्तै तल हेर्नुहोस

७. र अब चाही हजुरले आफ्नो कपडाको Color कस्तो राख्ने तपाईं आफ्नै तरीकाले बनाउन  सक्नुहुन्छ

Color कस्तो राख्ने हो आफुलाई मन परेको Color राखिसकेपछी Right side मा "Ok" button थिच्नुहोस
८. यदी त्यहाँ कपडाको कुनै भागमा Color लागेको छैन भने त्यसको लागी "Earcer Tool (E)" मा Click गरेर Color नलागेको भागमा Color लगाउनुहोस  तर कपडामा सबै ठाउँमा अथवा तपाइंलाई चित्त बुझ्दो बनेको छ  भने Brush ले मिलाई राख्नु पर्दैन

Color लगाउनेबेलामा Brush Size ठुलो अथवा Brush नमिलेको हुन सक्छ त्यसको लागी Phot मा Right Click गरी Brush को Size अनि Brush Icon बदल्न पनि सक्नुहुन्छ र अब Photo को Color Change गर्ने काम सकियो त्यस फोटोलाई Save गर्नुहोस

कस्तो लाग्यो हजुरलाई यो माथीको तरीका साहेद सजिलै लाग्यो होला यदी हजुरलाई Photoshop को बारेमा अन्य जानकारी चाहिएमा यहाँ तल Comment Box मा हजुरले लेख्नुहोला धन्यबाद |

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.