Monday, December 10, 2012

आफ्नो ब्लगमा अदृश्य कन्ट्रोल प्यानल बनाउनुहोस !

हामीहरु प्राय: ब्लगरको Navbar लाई आफ्नो टेम्प्लेटबाट हटाउँछौं । ब्लगको सबैभन्दा माथी रहेको र खासै उपयोग पनि नहुनाले सो Navbar हटाएपछि ब्लगपेज केहि छरितो र सफा पनि देखिन्छ । तर यो हटाउने बित्तिकै आफ्नो ड्यासबोर्डमा जान, नयाँ पोस्ट लेख्न वा ले-आउट आदि परिवर्तन गर्न पर्‍यो भने फेरि अर्को पेज वा ट्याब खोलेर ब्लगरको लगईन पेजमा जानु पर्ने हुन्छ ।
यसको विकल्पको रुपमा ब्लगरको साईडबारमा वर्डप्रसको जस्तै "Meta Widget" पनि राख्न मिल्छ र सो वारेमा मैले धेरै पहिला यो पोस्टमा लेखेको थिएँ । तर सो "Meta Widget" ले पनि साइडबारको "ठाउँ खान्छ" र ब्लगका आगन्तुक सबैले देख्छन पनि ।अत: आजको यो पोस्टमा ब्लगको एडमिन वा ब्लग चलाउनेले मात्रै देख्ने तर ब्लगका आगन्तुकले नदेख्ने अदृश्य कन्ट्रोल प्यानल कसरी बनाउने बारेमा लेख्दैछु ।
यो अदृश्य कन्ट्रोल प्यानल बनाउने तरिका एकदमै सरल छ र यसलाई तपाई आवश्यक्ता अनुसार आफ्नो ब्लगको कुनै पनि कुनामा (साइडबार, हेडर वा फुटर) राख्न सक्नुहुन्छ । ब्लग एडमिन गुगलमा लगईन भएपछी मात्रै देखिने तर अरु आगन्तुकले नदेख्ने भएकोले यसको प्रयोग गर्दा ब्लगको "ठाँउ खेर" नजाने मात्रै हैन ब्लगर आफैंलाई भने कुनै पनि सेटिङ वा पेजमा एकै क्लिकमा पुग्न एकदमै सजिलो हुन्छ ।
अब आउनुहोस, यो अदृश्य कन्ट्रोल प्यानल बनाउनतर्फ लागौं । जम्मा तीन स्टेपमा तयार हुने यो कन्ट्रोल प्यानल बनाउन सबैभन्दा पहिला यसको लागि ब्लगरले आफ्नो "Unique Blog ID Number" पत्ता लगाउनु पर्ने हुन्छयसको लागि क्रमैसंग तलका तरिका अपनाउनु होला:
१) पहिला आफ्नो ब्लगरको युजर नेम र पासवर्ड प्रयोग गरेर ब्लगरको ड्यासबोर्ड हुँदैं Design मा जानुस। अब तलको चित्रमा जस्तै तपाईले आफ्नो ब्राउजरको एड्रेसबारमा हेर्नुभयो भने http://www.blogger.com/rearrange?blogID=8958497507507351243 जस्तै लाईन देख्नु हुनेछ । त्यसमा "blogID=" भन्दा पछाडि रहेका केही अंकहरुको समुह नोट गर्नुहोस । यो हरेक ब्लगरको छुट्टै हुन्छ र अदृश्य कन्ट्रोल प्यानल बनाउन आवश्यक हुन्छ ।
id clear 1
२) अब तलको कोड कपि गर्नुहोस र सो कोडमा भएको "1234567890" को सट्टामा माथी नं १ को तरिका अनुसार पत्ता लागाईएको आफ्नो Unique Blog ID Number हाल्नुस । (अर्थात कोडमा रहेका सबै "1234567890" लाई आप्नो युनिक ब्लग आईडिले बदल्नुहोस)।
कोड:

मेरो कन्ट्रोल प्यानल


New Post |
३) अब आफ्नो ब्लगरको ड्यासबोर्ड हुँदैं "Design" मा जानुहोस र "Add a gadget मा क्लिक गर्नुहोस। त्यसपछि खुल्ने पेजमा “HTML/JavaScript clip_image001” मा थिच्नुहोस अनि खुल्ने बक्समा “Title” खाली नै राख्नुहोस र Content मा भने माथिको कोड कपि गरेर (आईडि नम्बर अर्थात सबै ‘1234567890’ को सट्टामा आफ्नो यूनिक ब्लग आईडि हालेर) पेष्ट गर्नुहोस । र सेभ गर्नुहोस ।
अब तपाईको अदृश्य कन्ट्रोल प्यानल तयार भयो ।
गुगलको कुनैपनि पेज वा सर्विसमा लगईन भएपछि ब्लग एडमिनले मात्रै यो कन्ट्रोल प्यानल देख्ने र अरु आगन्तुकले नदेख्ने भएकोले तपाई आफ्नो सुविधा अनुसार यो कन्ट्रोल प्यानललाई ब्लगको दाँया-वायाँ साइडबार, फुटर वा हेडर मुनि पनि राख्न सक्नुहुन्छ । तलका चित्रहरु हेर्नुहोस:(पहिलो हेडर मुनि र दोस्रो भने ब्लग फुटरमा राखिएको छ)
Invisible Control Panel Under Header
Control Panel --Footer
यसमा रहेको कोड लाईन मध्य यदि तपाई “कमेण्ट मोडरेशन” गर्नु हुन्न भने यो लाईन:
३ अब आफनो ब्लगको ड्यासबोर्ड बाट पुरानो इन्टरफेस चलाउनुहुन्छ भने
Dashboard>>Design>>Edit HTML मा जानुस
अनि नयाँ इन्टरफेस चलाउनुहुन्छ भने, Dashboard>>Template>>Edit HTML>> (Proceed) गर्नुस ।
र टेम्प्लेट कोड बक्समा निम्न मध्य कुनै एउटा ‘कोड लाइन’ खोज्नुस:


(यी दुई कोडमा maxwidgets='1' को सट्टामा '2', '3' वा '4' आदिपनि हुनसक्छन्)




४ अब माथि आफ्नो blogID परिवर्तन गरेर बनाइएको पुरै ‘कोडग्रुप’ लाई
भेटिएका कुनै एक ‘कोड लाइन’ भन्दा माथि पेस्ट गर्नुस र टेम्प्लेट ‘सेभ’ गर्नुस । तपाईँको ब्लगमा तपाईँले मात्रै देख्ने कन्ट्रोल प्यानल बन्नेछ Party smile
Happy Blogging Again !!!

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.