Monday, December 10, 2012

अब Windows को Start Button लाई बदलेर सजिलै संग नेपाली झण्डा र डाँफेले सजाउनुहोस Windows 7

Uffff... मैले Computer चलाउन थालेको पनि बर्सौं बित्यो र मलाई सधैं एउटै कुराले चिन्तीत गराउँथ्यो त्यो हो Taskbar मा रहेको Start Button सबै कुरा बदल्न सकेको थिएँ र Start Button पनि बदलेको त थिएँ नबदलेको होइन तर आफुले चाहेको चित्रले बदल्न सकेको थिईन तर आज बल्ल-बल्ल त्यो पुरानो Start Button लाई हटाएर मैले आफ्नै देशको नेपाली झण्डाले Taskbar मा फरफराएको छु र अती नै खुसी भएको छु त्यसैले यदी
तपाईं पनी त्यस Start Button लाई हटाएर आफ्नै नेपालका गौतम बुध्द, नेपाली झण्डा, नेपाली डाँफे चरो जस्ता अन्य चित्रहरुले रंगाउन चाहनुहुन्छ भने एकछिन यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला त तपाइंले यो सानो एउटा Software Download गर्न पर्ने हुन्छ तर तपाईं नआत्तिनुस Software Downlaod मात्रै गर्ने हो Computer मा Install गर्नु पर्दैन

Software Download गर्नुहोस
२. Download भैसकेपछी अब Computer मा गएर त्यस File लाई Extract... गराउनुहोस त्यसको लागी File लाई Right Click गरी Extract... लेखेको ठाउँमा Click गर्नुस
३. र अब तपाइंले त्यस File लाई Extract गराईसकेपछी त्यहाँ त्यहि नामको तर अर्कै File बनेको हुन्छ र त्यस File लाई खोल्नुहोस अनि त्यहाँ "Software by Kedar" लेखेको Software मा Right Click गरी "Run as administrator..." मा Click गर्नुहोस

४. र अब त्यहाँ तपाईंले Start Button बदल्नको लागी एउटा File खुलेको हुन्छ र त्यस File मा हजुर ले Right Side मा रहेको माथी Start Button मा Click गर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तल हेर्नुहोस

५.  र जब तपाइंले त्यहाँ Start Button मा Click गर्नुहुन्छ त्यसपछी त्यहाँ Windows Explorer को Windows खुलेको हुन्छ तर तपाईं त्यहाँ अघी तपाइंले Download गरेको File कहाँ छ त्यस भित्र जानुस र "Image Collection by kedar" लेखेको File मा Click गर्नुहोस र त्यहाँ बाट आफुलाई मन लागेको कुनै एक चित्रमा Click गर्नुहोस जस्तै मानौं तपाईं ले झण्डा मा Click गरेर "Select" गर्नुस

६. त्यसपछी Automatic Taskbar मा रहेको Start Button बदलिएको हुन्छ नपत्याए तल Start Button मा हेर्नुस त र यदी तपाईं फेरी पहिलाकै Start Button फर्काउन चाहनुहुन्छ भने त्यहि Software लाई खोल्नुहोस अनि याहं तल चित्रमा देखाए झैं गरी पहिलाको जस्तो फर्किन्छ र अनि फेरी बदल्न पर्यो भने यहाँ माथी भने झैं गर्नुस

कस्तो लाग्यो यो Software हजुरलाई यदी प्रयोग गरेर हेर्नुभयो र राम्रो लाग्यो भने कृपया कमेन्ट दिन नबिर्सनुहोला है धन्यबाद |

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.