गुगलको महत्वाकांक्षा
धेरै दिन देखि विभिन्न “कोड नेम” बाट चर्चा परिचर्चा पाउँदै आएको गुगलको महत्वाकांक्षी सामाजिक सञ्जालको पेज गुगल प्लस केही दिन अगाडि सीमित प्रयोगकर्ता माझ सुरु भएको छ । संसारभरिका प्रयोगकर्ताद्वारा सबैभन्दा बढी खोलिने पेज, सामाजिक सञ्जाल फेसबुकका कारण विस्तारै दुई नम्बरमा पुग्न थालेकोले आफ्नो स्थान जोगाइराख्न गुगलले प्रयोगकर्तालाई खिच्ने कुनै उपाए गर्नै पर्ने स्थिति गुगल सामु थियो । यही महत्वाकांक्षी प्रोजेक्ट नै अघिल्लो हप्ता “गुगल प्लस” का नामले सार्वजनिक भएको छ । गुगलको सर्च पेज, जिमेल आदिबाट सिधै प्रवेष गर्न मिल्ने र हाल फेसबुकमा रहेका भन्दा केही भिन्न र उपयोगी अनुप्रयोगका कारण गुगल प्लस, मेरो विचारमा यसका पुराना असफल प्रोजेक्टको लहरमा पुग्दैन र प्रयोगकर्तामाझ छीट्टै लोकप्रिय हुनेछ ।
त्यसो त सर्च ईञ्जिन हुँदै, ईमेल प्रदायक, ब्लग आदि विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको गुगलको यो भन्दा पहिलाका अर्कुट, वेभ र बज आदि एक हिसाबमा असफल भैसकेका थिए र हाल सुरु गरिएको गुगल प्लसलाई करिब करिब फेसबुककै नक्कल भन्ने एकथरी आरोप पनि लाग्न थालेको छ । तर फेसबुकले इमेल सुरु गर्न मिल्छ भने प्रतिस्पर्धाको बजारमा गुगलले सामाजिक सञ्जाल सुरु गर्नै नमिल्ने भन्ने कुरा तर्क सङ्गत देखिन्न ।
पहिलो झलक:
फेसबुक चलाउन बानी परेकाकालागि गुगल प्लस झ्वाट्ट हेर्दा सञ्चालनका लागि कुनै अलमल हुने त देखिन्न । गुगलप्लसको मुख्य पेज वा "Home" करिब करिब तलको चित्रमा जस्तै देखिन्छ: (चित्रलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नु होला—चित्र आफैँ अर्को ट्याबमा खुल्ने छ)
तिन कोलममा विभाजित पेजमा बीचको भागमा सन्देश र सूचना छन भने दायाँ र बायाँ कोलममा यसका अनुप्रयोगहरू । तर रङ्ग संयोजनको हिसाबमा सेतो र हल्का खैरो रङ्ग बढी प्रयोग भएकोले गुललप्लस फेसबुक भन्दा सफा र कम झीलिमिली देखिन्छ ।
अनुप्रयोगहरु:
पेजको माथि भएको "Home" ले मुख्य पेजमा पुर्याउँछ भने "Photos" बाट साथीहरूले पिकासा वा अन्य माध्यममा सेयर गरेका तस्बिर हेर्न सकिन्छ। "Profile" मा क्लिक गरेर आफ्नो प्रोफाइल हेर्न र सम्पादन गर्न सकिन्छ भने "Circles" बाट साथीहरुको विवरण हेर्न नयाँ साथीहरु थप्न वा साथीहरुलाई विभिन्न वर्गमा विभाजन गरेर राख्न सकिन्छ ।
Friends, Family, Acquintances आदि वर्ग विभाजन गरेर नयाँ साथी राख्ने प्रक्रिया र आफूलले चाहेमा त्यस्ता नयाँ Circles हरू थप्न र सम्पादन गर्न मिल्ने सुविधाले शन्देसहरु कुनै निश्चित वर्गले मात्रै हेर्न सक्ने बनाउन र आवश्यक व्यक्तिलाई मात्रै आवश्यक सूचना दिन सजिलो बनाएको छ ।
Share what's new... लेखेको कोठामा कुनै सन्देश टाइप गरेपछि “Add circles or people to share with...” मा क्लिक गरी आफूले चाहेको एक व्यक्ति, ग्रुप वा सबैलाई सो सन्देश पठाउन मिल्ने सुविधा फेसबुको भन्दा निक्कै सरल र उपयोगी छ । तलको चित्र हेर्नुस:
त्यस्तै Stream भन्दा मुनि रहेको Friends, Family, Acquintances आदि कुनैपनि निश्चित ग्रुपले प्रेषण गरेको सन्देश, सूचना वा तस्बिर मात्रै हेर्न पनि यसबाट सम्भव छ र सरल पनि ।
स्टाटसको विविधता
सन्देशकै कुरा गर्दा जहाँ फेसबुकमा एकपटक शन्देस लेखेपछि त्यसलाई सम्पादन गर्न नमिल्ने अवस्था छ (केही सेकेन्डभीत्र मात्रै सम्भव छ) भने गुगलप्लसमा आफूले लेखेको कुनैपनि सन्देशलाई कुनै पनि बेला सम्पादन गर्न सकिन्छ । साथै पुरानो लेखिसकेको सन्देशको पछाडिको 'एरो' (ड्रप डाउन मेनु) मा क्लिक गरेर कुनै पनि स्टाटस लाई "Disable comments" र
"Disable reshare" को मद्दतबाट कमेन्ट गर्न र सेयर गर्न नमिल्ने पनि बनाउन सकिन्छ । जुन नौलो र उपयोगी छन: (तलको चित्रमा हेर्नुस)
सर्कलको लचकता
पुराना र नयाँ बनाइने साथीहरुलाई माथि भने झैँ कुनै पनि वर्गमा राख्ने सुविधामा ड्र्याग एण्ड ड्रप अर्थात सिधै तान्ने र राख्न मिल्ने भएकोले कुनै पनि बेला एक वा एकभन्दा बढी परिचितलाई कुनै एउटा ग्रुपबाट अर्कोमा हाल्न वा हटाउन एकदमै सजिलो छ ।
अर्को रमाइलो कुरा के छ भने तपाईँको एकाउन्ट भीत्र के-के सर्कल छन र तपाईले आफ्ना साथीहरुलाई कुन ग्रुपमा राख्नु भएको छ भन्ने कुरा तपाईँलाई मात्रै थाहा हुन्छ र तपाईसँग जोडिने व्यक्तिलाई खाली तपाईले उसलाई आफ्नो सर्कलमा जोडेको जानकारी मात्रै दिन्छ तर कुन समूहमा राख्नु भएको छ भन्ने थाहा हुँदैन । त्यस्तै गरी अर्कोतर्फबाट तपाईँलाई आफ्नो सर्कलमा जोडिएको जानकारी आउने छ तर कुन सर्कलमा भन्ने जानकारी भने गोप्य नै रहनेछ ।
प्रयोगको सरलता
हुन त भोलिका दिनमा मुख्य पेजमा नगइकनै गुगलप्लस चलाउन मिल्ने धेरै ग्याजेट र ब्राउजर एडअन आउने नै छन् । तर हालको लागि भने यदि तपाईँ जिमेल हेर्दै हुनुहुन्छ भने जिमेलको माथीपट्टि दायाँ भागबाट पनि तपाईँले सन्देश आदान प्रदान गर्न र नयाँ सूचना आएको जानकारी तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ । जिमेल भीत्रैबाट फसबुक र ट्वीटर समेत चलाउन सकिने अवस्थामा गुगलप्लस पनि जिमेल भीत्रै बाट चलेपछि अब जिमेलको एउटा पेज मात्रै खोल्दा पनि सबै सामाजिक सञ्जालमा आवद्द हुन सकिने भएको छ ।
भिडियो र भ्वाइस च्याटको सुबिधा:
त्यसो त गुगल प्लस सुरु हुने बित्तिकै फेसबुकले पनि स्काइपसँग मिलेर भिडियो च्याटको सुविधा दिने भन्ने खबरले बजार तातीसकेको छ । तर गुगलप्लसमा भने सुरुमै यो सुविधा उपलब्ध छ । पहिलो कोलमको Chat भन्दा मुनि रहेका कुनै पनि व्यक्तिसँग टेक्स्ट च्याट गर्न सकिन्छ भने यदि यहाँ पनि केही व्यक्तिको अगाडि देखिने र कसैको अगाडि लुक्ने हो भने Chat>>Circles मा गएर आफूले देखिन चाहेको व्यक्तिहरूले मात्रै देख्ने गरी पनि बस्न सकनुहुन्छ ।
यसको च्याट जिमेलकै च्याट जस्तै पेजको तल्लो दायाँभागमा देखिन्छ भने यदि भिडियो च्याट गर्ने हो भने तेस्रो कोलममा भएको “Start a Hangout” मा क्लिक गर्न सक्नुहुन्छ । यदि तपाईँले पहिलो पटक यो भिडियो च्याटको प्रयोग गर्दै हुनुहुन्छ भने कम्प्युटरमा एउटा सानो गुगलको प्लगइन स्थापना गर्नु पर्ने हुनसक्छ । साथै यो भिडियो च्याटमा पनि कोसँग देखिने र कसले नदेखिने गरी बस्ने भन्ने निर्णय तपाईँ आफैँले गर्न सक्नुहुन्छ:
टेक्स्ट डेकुरेसन:
कसैलाइ सन्देश लेख्दा, कमेन्ट गर्दा वा सूचना दिँदा गुगलप्लसमा टेक्स्ट डेकुरेसन पनि गर्न सकिन्छ । जस्तै तपाई कुनै कुरा बोल्डमा लेख्न चाहनुहुन्छ भने शब्दको अगाडि र पछाडि *(asterisks) टाइप गर्न सक्नुहुन्छ । त्यस्तै कुनै पनि शब्दको अगाडि र पछाडि टाइप गरिएको _ (underscore) ले सो शब्दलाई बीचबाट काट्छ भने भने – (hyphens) ले इटालीक बनाउँछ । जस्तै:
*Book* = Book _Sadhu_ = Sadhu -incorrect- =
जाँदा-जाँदै अर्को एउटा सामान्य टिप्स:
नयाँ साथीलाई निम्ता कसरी दिने त:
हुन त हाई ट्राफिकका कारण, नयाँ साथीलाई निम्ता दिने सेटिङ्ग छीन-छिनमा डिसएबल- र कुनै कुनै बेला मात्रै इनेबल भएको छ । तर यदि तपाईँको गुगलप्लस खुलिसकेको छ र तपाई अरुलाई निम्ता दिन चाहनुहुन्छ भने यसो गर्नुस:
· Share what's new... लेखेको बक्समा Invitation वा केही लेख्नुस ।
· Add circles or people to share with... मा आफूले निम्ता पठाउन चाहेको व्यक्ति व व्यक्तिहरूको जिमेल ठेगाना लेख्नुस।
· Share मा क्लिक गर्नुस । (तपाईको साथिको इनबक्समा Google+ को नामबाट एउटा इमेल जानेछ )
· अब तपाईको साथीले ईमेलको मेसेज बडिमा भएको “View or comment on xxxxxxxx's post » वा Learn more about Google+ मा क्लिक गरेर आफ्नो गुगलप्लस सक्रिय गर्न सक्छन् ।
हाललाई https://plus.google.com/ मा गएर आफ्नो एकाउन्ट सक्रिय गराउने प्रक्रियामा भाग लिन वा Invitation को लागि आफ्नो नाम र जिमेल ठेगाना https://services.google.com/fb/forms/googleplus/ बाट दर्ता गराउन सकिन्छ ।
Share and Enjoy
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.