Friday, November 23, 2012

के तपाईँको मोबाईल ब्राउजरमा नेपाली अक्षर देखीदैँन ?

मोबाइल नेटवर्कको विस्तार सँगै जिपिआरएस, ३ जी सर्विस र कतै कतै ‘मोबाइल अफिस’ आदि भनिने मध्यम र द्रुत गतिका इन्टरनेट सुविधा पनि सुलभ हुँदै जाँदा, मोबाइल बाटै इन्टरनेट चलाउनेहरुको जमात पनि बढ्दै छ । अर्को तर्फ नेपाली युनिकोडको विकाससँगै इन्टरनेटमा अंग्रेजी भाषाकै मात्रै अधिपत्य समाप्त भैसकेकको छ र अहिले बढी भन्दा बढी साइटहरु नेपाली भाषामै उपलब्ध छन् । पत्रिका वा ब्लगकै कुरा गर्ने हो भने नेपाली भाषामा लेखिने यस्ता पेजहरु गन्न मुस्किल पर्ने हिसाबमा बढ्दै गएका छन् ।
तर...., हो तर यदि तपाईँको मोबाइलले नेपाली भाषा सपोर्ट गर्दैन भने के गर्ने त ? । आजको यो पोस्ट तपाईको नेपाली नचिन्ने मोबाइल सेटको ब्राउजर लाई कसरी नेपाली चिन्ने बनाउनेमा केन्द्रित छ ।
सामान्यतया नेपाली भाषा 'नचिन्ने' मोबाइल लाइ नेपाली ‘चिन्ने’ बनाउन निम्न तरिकाहरु छन् :
  • मोबाइलको ‘फर्म वेयर’ ह्याक (सम्पादन) गरेर ।
  • उपलब्ध भएको खण्डमा मोबाइलमा ‘ल्याङ्वेज प्याक’ हालेर ।
तर यी दुबै तरिका आपनाउन निश्चित प्राविधिक ज्ञान हुनु आवश्यक छ र यो सम्पूर्ण प्रकृया एकदमै संवेदनशील भएकोले निकै सावधानी आपनाएर गर्नु पर्छ । त्यसैले म यो जटिल प्रकृयातर्फ जान्न पनि । अत: आजको पोस्टमा म यी दुई बाहेकको एकदमै सरलतम विधिको चर्चा गर्दै छु ।
Nepali for Mobileसरल शब्दमा भन्दा, मोबाइल सेटको ‘फर्मवेयर’ लाई छेडछाड नगरी, केही सरल र निःशुल्क मोबाइल सफ्टवेयरको प्रयोग र सम्पादन बाट मोबाईल ब्राउजरलाई नेपाली भाषा मैत्री बनाउने तरिकाको हो यो ।
त, अब लागौँ मोबाइल इन्टरनेटमा नेपाली युनिकोड देखिने बनाउन तर्फ । हामीलाई थाहा भएकै कुरा हो, यदि मोबाइले युनिकोड (नेपाली) सपोर्ट गर्दैन भने मोबाइलबाट नेपाली युनिकोड भएको साइट खोल्दा भने नेपाली अक्षरहरु ”ְֻ֔” वा “ c c c c ” जस्तो मात्रै देखिन्छन् । बायाँतर्फको चित्रमा हेर्नुस । यसरी पढन नमिल्ने बक्स-बक्स वा चिन्हरु जस्ता मात्रै भएर देखिने अक्षरलाई पढ्न मिल्ने बनाउन लागि सबैभन्दा सरल तरिका भनेको Opera Mini को प्रयोग गर्नु हो ।
हो !, तर Opera Mini हाल्ने बित्तिकै यसबाट नेपाली अक्षर देखिहालीने भने हैन । त्यसको लागि निम्न तरिका अपनाउनु पर्छ:
१. सबैभन्दा पहिला त यदि तपाईँको मोबाइलमा Opera Mini छैन भने कम्युटर ब्राउजरबाट यहाँ वा यहाँ गएर आफ्नो मोबाइलको ब्रान्ड र मोडेल अनुकुलको सफ्टवेरय डाउनलोड गर्नुस र मोबाइलमा इन्स्टल गर्नुस ।( Opera Mini मोबाइल बाटै सिधै पनि डाउनलोड र इन्सटल गर्न पनि सकिन्छ)
२. अब मोबाइलमा भएको Opera Mini खोल्नुस र एड्रेसबारमा about:config टाइप गर्नुस र इन्टर दबाउनुस।
Nepali Font for mobile
३. अब खुल्ने पेजलाई स्क्रोल गर्नुस र तलतीरको “Use bitmap fonts for complex scripts” भन्ने विकल्पमा हेर्नुस:
४. अब सो विकल्पको पछाडि भएको "No" लाइ "Yes" गर्नुस र "Save" दबाउनुस । बस अब Nepali font for mobile browserतपाईँले ब्राउजर रिस्टार्ट गर्नु भयो भने त्यहाँ भएका नेपाली अक्षरहरु कोठा-कोठा वा पढ्न नमिल्ने चिन्हहरुको रुपमा हैन सीधै नेपाली अक्षरमा देखिनेछन् । (वायाँ तर्फको चित्र हेर्नुहोस)
ब्राउजरमा देखिने अक्षरहरु साना वा ठूला भएमा तपाई त्यसलाई आफ्नो अनुकुल बनाउन सक्नुहुन्छ। साथै about:config पेजमा प्रवेश गरेपछि सामान्य अबस्थामा मेनु वा अप्सनमा नभएका अन्य केही विकल्पहरु पनि त्यसमा देखिनेछन् । जुन आवश्यक नभएको खण्डमा वा साधारण अवस्थामा सम्पादन गर्नु वा चलाउनु जरुरी हुँदैन्।
माथी बताईए जस्तै गरी केवल "Use bitmap fonts for complex scripts” भन्ने विकल्पलाई "No" बाट "Yes" गर्ने बित्तिकै सर्वर साइडमै अक्षरहरु रुपान्तरीत हुने हुनाले सामान्य अबस्थामा पढ्न नमिल्ने नेपाली लगाएत अन्य धेरै लिपिहरु मोबाईल स्क्रिनमा पढ्न मिल्ने गरी देखिनेछन् ।
नोट: यहाँनेर एउटा याद गर्नै पर्ने कुरा के छ भने, यस क्रममा वेब पेजमा रहेका जटिल लिपीहरु मोबाइल सेटमा हैन, सर्वरमै रुपान्तरित हुने हुनाले पेज लोड केही ढीला हुनसक्छ र तपाईको जिपिआरएसको डेटा-चार्ज पनि सामान्य अबस्थामा भन्दा बढि लाग्न सक्छ। तर नेपाली भाषा सपोर्ट नगर्ने मोबाइलबाट नेपाली अक्षरहरु पढन यो नै सबैभन्दा सरल विधि पनि हो Open-mouthed smile
Happy Surfing !!!