Monday, December 10, 2012

के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ?

Dilip Acharya speed“मेरो ब्लग लोड हुन धेरै समय लाग्छ, के गर्ने ?”, “मेरो ब्लग एकदमै ‘स्लो’ भयो कसरी ठीक गर्ने?” । मेरो ब्लगको च्याटबक्स र ईमेलमा प्राय: दोहरीरहने प्रश्नहरु हुन यी।
केही समय अगाडि लिइएको एउटा अनौपचारिक सर्वेक्षणका अनुसार, सामान्यतया १५ सेकेन्ड भित्रमा खुल्ने पेजका पाठकहरु पेज लोडको यो गतिबाट सन्तुष्ट हुने, ३० सेकेण्डसम्म लोड भएमा त्यसलाई सामान्य मान्ने, पुरै पेज खुल्न ४५ सेकेण्ड जत्ति लागेमा उदेक मान्ने र कुनै ब्लग वा पेज लोड हुन १ मिनेट भन्दा बढी लागेमा पाठकहरु सो पेजबाट ‘तर्सने’ कुरा उल्लेख गरिएको थियो । पेजको विषय वस्तु जतिसुकै राम्रो भएपनि पेज एकदमै ढिला लोड भएमा पाठकहरु अधीर भएर अर्कै पेजतर्फ हिँडेन कुरा समेत सो सर्वेक्षणमा उल्लेख भएको थियो । अत: सामान्य हिसाबमा हेर्दा, ब्लगको विषयवस्तु राम्रो भएर मात्रै हुँदैन, तपाइँको पेज पनि निश्चित समयावधिमा पुरै खुली सक्नुपर्छ । त्यसैले ब्लगर वा कुनैपनि साइटका सञ्चालकले आफ्नो पेजको गतिमा ध्यान दिनै पर्छ । पुराना पाठक टिकाउन र नयाँ पाठकलाई आकर्षण गर्न यसको पनि प्रमुख भूमिका रहन्छ ।
त्यसो त म आफैँ पनि यस बारेमा जानकार हैन र ब्लग वा कुनै पेज ढिला लोड हुनुमा विभिन्न कारणहरू हुन सक्छन् । तैपनि ब्लग लोड ढिला गर्ने केही प्रतक्ष कारणहरू र त्यसका सम्भाव्य समाधानहरूको बारेमा सामान्य चर्चा गर्दैछु यो पोस्टमा ।
वेब २ को विकासँगै ईन्टरनेटका पेजहरु स्टाटिक डाटाका संग्रह मात्रै हैन, डाईनामिक कन्टेन्टका स्रोत बन्न थाले । यस अबस्थामा Javascript, Iframe, CSS, Flash आदिजस्ता धेरैकुराको प्रयोग बढ्न थाले। यी नयाँ अनुप्रयोगरुले पेजमा नयाँ नयाँ विकल्प र आकर्षण थप्न सकिने भएपनि तीनकै अधिक प्रयोगबाट नकारात्मक प्रभाव पनि पर्न थाल्छन् । नितान्त प्राविधिक रुपमा नगै सामान्य तरिकाले बुझ्दा पेज लोड ढिला हुने समस्यलाई निम्न तरिकाबाट कम गर्न सकिन्छ :
१) गृहपृष्ठमा पोस्टको सङ्ख्या सीमित राख्नुस: कुनैपनि ब्लगको मुखपृष्ठ वा होमपेजमा धेरै पोस्टहरु राखेमा सो साईट वा ब्लग लोडहुन बढी समय लाग्छ । सामान्यतया ब्लगको मुख पृष्ठ वा ‘होम’ मा ५-७ वटा भन्दा बढी पोस्ट नराख्दा राम्रो हुन्छ ।
२) हल्का वा सरल टेम्प्लेटको प्रयोग गर्नुहोस्: ब्लग वा पेजमा भएका विषय वस्तु भन्दा पनि, पेज लोडलाई मन्द गर्न टेम्प्लेटको अझै प्रमुख भूमिका रहन्छ। ब्लगर वा वर्डप्रेसका आफ्ना टेम्प्लेटहरु तुलनात्मक रुपमा अन्य थर्डपार्टी टेम्प्लेट भन्दा छिटो खुल्ने गर्छन् । सुरुमै विभिन्न जाभास्क्रिप्ट, व्याकग्राउण्ड इमेज र ‘फूलबुट्टा’ सहित आउने टेम्प्लेट अक्सर बल्ग पेजलाई ढिला लोड गराउन सहायक हुन्छन् । त्यसैले टेम्प्लेट रोज्दा यस विषयमा ध्यान दिनुहोस। कुनैपनि उपयोगीताकालागि यदि ब्लगर वा वर्डप्रेसका आफ्ने ग्याजेट छन् भने थर्ड पार्टी ग्याजेटको सट्टा सोही प्रयोग गर्नुहोस् ।
३) पोस्टमा राखिने तस्बिरको आकार र संख्या: चित्र र तस्बिरहरुले कुनैपनि पोस्टलाई आकर्षक र रोचक बनाएपनि ठूला आकारका चित्र र तस्बिरहरुको अधिक प्रयोगले पनि ब्लगपेज खुल्ने समयलाई लम्बाउन सक्छ । त्यसैले आवश्यक मात्रामा मात्रै तस्बिरहरु अपलोड गर्नुहोस । तस्बिरहरु अपलोड गर्दा पिक्सल रेट घटाएर राख्नुहोस ।
४) अनावश्यक ग्याजेटहरु हटाउनुहोस: ब्लगर वा साइट सञ्चालकले याद गर्नु पर्ने अर्को महत्वपूर्ण कुरा के हो भने घडी हेर्न, रेडियो सुन्न वा युट्युबको मजा लिन कुनैपनि पाठकहरु हाम्रा पेजमा आउँदैनन् । सामान्यतया पत्रिका वा अन्य मिडियाभन्दा पृथक विचार वा फरक स्वादकालागि पाठकहरु ब्लगमा प्रवेश गर्छन् । त्यसैले ब्लगलाई ग्याजेटहरुको भार बोकाएर यसको कुनै सार्थक परिणाम आउँदैन् । अत्यावश्यक ग्याजेट बाहेकका अन्य ग्याजेटहरु ब्लगमा नराख्दा नै ब्लग लोड छीटो हुने गर्छन् ।
हुन त ग्याजेटहरुको चयनको बारेमा आ-आफ्नै धारणा हुनसक्छन् । तर मैले देखेका केही अनावश्यक ग्याजेट र तीनका ‘अनावश्यकता’ यस प्रकारका छन्:
घडी: ब्लगमा राखिने विभिन्न रंग रुपमा आउने घडीको कुनै उपयोगिता छैन। सामयन्यतया, ईन्टरनेट भनेको कम्प्युटर वा मोबाईल बाटै हेरिन्छन र यी दुवै संयन्त्रमा घडी मात्रै हैन ‘वर्ल्ड टाईम’ पनि हुने नै गर्छन् ।
क्यालेण्डर: मेरो बिचारमा ब्लगमा रहने यो अर्को अनावश्यक ग्याजेट हो। कारण जसरी हरेक कम्प्युटर र मोबाईलमा घडी हुन्छन् त्यसरी नै तीनमा क्यालेण्डर पनि हुने नै गर्छन् । अङ्ग्रेजी वा नेपाली महीनाका तिथी समेत देखाउने कम्प्युटर सफ्टवेयरहरु उपलब्ध भैसकेका अबस्थामा ब्लगमा राखिने क्यालेण्डरको कुनै महत्व होलाजस्तो मलाई लाग्दैन् । र सामान्य अबस्थामा बार, महिना वा गतेको पहिचान गर्न र “अहिले कति बजेछ हेरौँ !” भनेर हाम्रो ब्लगमा कोही आउँदैनन् भन्दा फरक नपर्ला।
युट्युब भिडियो: युट्युब वा अन्य कुनै साइटमा उपलब्ध भिडियोको कोडहरु ब्लगको साइडबारमा हाल्ने बित्तिकै, हरेक पल्ट ब्लग खुल्दा सो भिडियो पनि लोड हुनै पर्छ। फेरि हामीले आ-आफ्नो चयनको आधारमा राखेका भिडियोहरु हाम्रो ब्लग भिजिटरलाई पनि मन पर्छ नै भन्ने पनि छैन्। त्यसैले यदि तपाईँ भिडियो ब्लग नै चलाउनुहुन्छ भने भिन्दै कुरा, नत्र अन्य ब्लगका साइडबारमा युट्युबको भिडियो राख्नु भनेको पेजलाई सुस्त बनाउनु मात्रै हो । यसमा यादराख्नु पर्ने कुरा के छ भने आफूलाई चाहीएको भिडियो हेर्न दर्शकहरु सिधै युट्युब वा अन्य भिडियो साइटमै जान्छन् र कुनै यस्तै भिडियो सेयर गर्नुछ भने फेसबुक, ट्विटर वा अन्य सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।
फल्यास, व्यानर र एनिमेशन: पेजलोडलाई ढिला गर्ने यो अर्को प्रमुख कारकतत्व हो । हुन त सोच वा चयन आ-आफ्नै हो, तर ब्लगलाई झीलिमिली बनाउन बल्गको साइडबार, हेडर वा फुटरमा राखिने एनिमेशन वा फ्ल्यास आदिले प्राय: ब्लगलाई आकर्षक भन्दा पनि भद्दा र ढिला मात्रै बनाएको पाएको छु ।
व्याक ग्राउण्ड संगीत, रेडियो र टि.भी: कुनै ब्लग खोल्ने बित्तिकै, स्वचालीत रुपमा बज्ने रेडियो, टेलीभिजन र व्याकग्राउण्ड संगीत कहाँ कहाँ छन् भनेर खोज्दै र बन्द गर्दै गर्नु पर्दा भिजिटरलाई उदेक लाग्ने मात्रै हैन यस्ता अनुप्रयोगले ब्लग खुल्ने समयलाई अनपेक्षीत रुपमा बढाउने गर्छन् ।
मैले माथि नै भनिसकेँ, अहिलेका ‘स्मार्ट भिजिटर’ हरू रेडियो सुन्न, टिभि हेर्न वा कुनै खवरकालागि सिधै सो सेवा प्रदान गर्ने आधिकारीक साइटमा जान सक्षम छन् र हाम्रा ब्लगमा ती बाहेकका अन्य सामाग्रीका लागि मात्रै आउने गर्छन् ।
फोटो एल्बम: ब्लगका साईडबारमा राखिने स्वचालीत एल्बम वा स्लाइड सो राख्दा पेज केहीहद सम्म आकर्षक त देखिन्छ । तर प्रत्येक तस्बिर वा पुरै स्लाइडका लिन्कपनि हरेक पटक पेज खुल्दा वा रिफ्रेस गर्दा पुरै लोड हुनु पर्ने हुनाले यसले पनि पेज लोडको समयलाई नराम्ररी असर गर्छ। फेरि यहाँ पनि ब्लगरको चयनका तस्बिरहरु भिजिटर सबैलाई मन पर्छ नै भन्ने पनि केही छैन् ।
यसबाहेक मैले देखेका अनवश्यक ग्याजेटहरुमा राशीफल, मौसमको भविश्यवाणी, गेमहरु आदि पनि पर्छन् । समष्टिमा तेस्रो पार्टी, अर्कै सर्वरमा निर्भर वा असम्बन्धित कुनै पनि ग्याजेट वा अनुप्रयोगहरु ब्लग लोड हुनकालागि समयावधि बढाउनेमा प्रमुख कारकतत्व हुन र यीनलाई न्युन गर्दा ब्लग छिटो खुल्छ नै ।
Happy Blogging!

आफ्नो ब्लगमा अदृश्य कन्ट्रोल प्यानल बनाउनुहोस !

हामीहरु प्राय: ब्लगरको Navbar लाई आफ्नो टेम्प्लेटबाट हटाउँछौं । ब्लगको सबैभन्दा माथी रहेको र खासै उपयोग पनि नहुनाले सो Navbar हटाएपछि ब्लगपेज केहि छरितो र सफा पनि देखिन्छ । तर यो हटाउने बित्तिकै आफ्नो ड्यासबोर्डमा जान, नयाँ पोस्ट लेख्न वा ले-आउट आदि परिवर्तन गर्न पर्‍यो भने फेरि अर्को पेज वा ट्याब खोलेर ब्लगरको लगईन पेजमा जानु पर्ने हुन्छ ।
यसको विकल्पको रुपमा ब्लगरको साईडबारमा वर्डप्रसको जस्तै "Meta Widget" पनि राख्न मिल्छ र सो वारेमा मैले धेरै पहिला यो पोस्टमा लेखेको थिएँ । तर सो "Meta Widget" ले पनि साइडबारको "ठाउँ खान्छ" र ब्लगका आगन्तुक सबैले देख्छन पनि ।अत: आजको यो पोस्टमा ब्लगको एडमिन वा ब्लग चलाउनेले मात्रै देख्ने तर ब्लगका आगन्तुकले नदेख्ने अदृश्य कन्ट्रोल प्यानल कसरी बनाउने बारेमा लेख्दैछु ।
यो अदृश्य कन्ट्रोल प्यानल बनाउने तरिका एकदमै सरल छ र यसलाई तपाई आवश्यक्ता अनुसार आफ्नो ब्लगको कुनै पनि कुनामा (साइडबार, हेडर वा फुटर) राख्न सक्नुहुन्छ । ब्लग एडमिन गुगलमा लगईन भएपछी मात्रै देखिने तर अरु आगन्तुकले नदेख्ने भएकोले यसको प्रयोग गर्दा ब्लगको "ठाँउ खेर" नजाने मात्रै हैन ब्लगर आफैंलाई भने कुनै पनि सेटिङ वा पेजमा एकै क्लिकमा पुग्न एकदमै सजिलो हुन्छ ।
अब आउनुहोस, यो अदृश्य कन्ट्रोल प्यानल बनाउनतर्फ लागौं । जम्मा तीन स्टेपमा तयार हुने यो कन्ट्रोल प्यानल बनाउन सबैभन्दा पहिला यसको लागि ब्लगरले आफ्नो "Unique Blog ID Number" पत्ता लगाउनु पर्ने हुन्छयसको लागि क्रमैसंग तलका तरिका अपनाउनु होला:
१) पहिला आफ्नो ब्लगरको युजर नेम र पासवर्ड प्रयोग गरेर ब्लगरको ड्यासबोर्ड हुँदैं Design मा जानुस। अब तलको चित्रमा जस्तै तपाईले आफ्नो ब्राउजरको एड्रेसबारमा हेर्नुभयो भने http://www.blogger.com/rearrange?blogID=8958497507507351243 जस्तै लाईन देख्नु हुनेछ । त्यसमा "blogID=" भन्दा पछाडि रहेका केही अंकहरुको समुह नोट गर्नुहोस । यो हरेक ब्लगरको छुट्टै हुन्छ र अदृश्य कन्ट्रोल प्यानल बनाउन आवश्यक हुन्छ ।
id clear 1
२) अब तलको कोड कपि गर्नुहोस र सो कोडमा भएको "1234567890" को सट्टामा माथी नं १ को तरिका अनुसार पत्ता लागाईएको आफ्नो Unique Blog ID Number हाल्नुस । (अर्थात कोडमा रहेका सबै "1234567890" लाई आप्नो युनिक ब्लग आईडिले बदल्नुहोस)।
कोड:

मेरो कन्ट्रोल प्यानल


New Post |
३) अब आफ्नो ब्लगरको ड्यासबोर्ड हुँदैं "Design" मा जानुहोस र "Add a gadget मा क्लिक गर्नुहोस। त्यसपछि खुल्ने पेजमा “HTML/JavaScript clip_image001” मा थिच्नुहोस अनि खुल्ने बक्समा “Title” खाली नै राख्नुहोस र Content मा भने माथिको कोड कपि गरेर (आईडि नम्बर अर्थात सबै ‘1234567890’ को सट्टामा आफ्नो यूनिक ब्लग आईडि हालेर) पेष्ट गर्नुहोस । र सेभ गर्नुहोस ।
अब तपाईको अदृश्य कन्ट्रोल प्यानल तयार भयो ।
गुगलको कुनैपनि पेज वा सर्विसमा लगईन भएपछि ब्लग एडमिनले मात्रै यो कन्ट्रोल प्यानल देख्ने र अरु आगन्तुकले नदेख्ने भएकोले तपाई आफ्नो सुविधा अनुसार यो कन्ट्रोल प्यानललाई ब्लगको दाँया-वायाँ साइडबार, फुटर वा हेडर मुनि पनि राख्न सक्नुहुन्छ । तलका चित्रहरु हेर्नुहोस:(पहिलो हेडर मुनि र दोस्रो भने ब्लग फुटरमा राखिएको छ)
Invisible Control Panel Under Header
Control Panel --Footer
यसमा रहेको कोड लाईन मध्य यदि तपाई “कमेण्ट मोडरेशन” गर्नु हुन्न भने यो लाईन:
३ अब आफनो ब्लगको ड्यासबोर्ड बाट पुरानो इन्टरफेस चलाउनुहुन्छ भने
Dashboard>>Design>>Edit HTML मा जानुस
अनि नयाँ इन्टरफेस चलाउनुहुन्छ भने, Dashboard>>Template>>Edit HTML>> (Proceed) गर्नुस ।
र टेम्प्लेट कोड बक्समा निम्न मध्य कुनै एउटा ‘कोड लाइन’ खोज्नुस:


(यी दुई कोडमा maxwidgets='1' को सट्टामा '2', '3' वा '4' आदिपनि हुनसक्छन्)




४ अब माथि आफ्नो blogID परिवर्तन गरेर बनाइएको पुरै ‘कोडग्रुप’ लाई
भेटिएका कुनै एक ‘कोड लाइन’ भन्दा माथि पेस्ट गर्नुस र टेम्प्लेट ‘सेभ’ गर्नुस । तपाईँको ब्लगमा तपाईँले मात्रै देख्ने कन्ट्रोल प्यानल बन्नेछ Party smile
Happy Blogging Again !!!

अब Windows को Start Button लाई बदलेर सजिलै संग नेपाली झण्डा र डाँफेले सजाउनुहोस Windows 7

Uffff... मैले Computer चलाउन थालेको पनि बर्सौं बित्यो र मलाई सधैं एउटै कुराले चिन्तीत गराउँथ्यो त्यो हो Taskbar मा रहेको Start Button सबै कुरा बदल्न सकेको थिएँ र Start Button पनि बदलेको त थिएँ नबदलेको होइन तर आफुले चाहेको चित्रले बदल्न सकेको थिईन तर आज बल्ल-बल्ल त्यो पुरानो Start Button लाई हटाएर मैले आफ्नै देशको नेपाली झण्डाले Taskbar मा फरफराएको छु र अती नै खुसी भएको छु त्यसैले यदी
तपाईं पनी त्यस Start Button लाई हटाएर आफ्नै नेपालका गौतम बुध्द, नेपाली झण्डा, नेपाली डाँफे चरो जस्ता अन्य चित्रहरुले रंगाउन चाहनुहुन्छ भने एकछिन यहाँ तल हेर्नुहोस

कम्प्युटर भाइरस --लक्षण, पहिचान र उपचार--

                           
dv539009अहिलेको युग कम्प्युटरको युग हो । केही वर्ष अगाडिसम्म अध्ययन संस्थान, स्कूल कलेज वा कार्यालयहरूमा मात्रै सीमित रहेको यो उपकरण, आज घर-घरको जरुरत भइसकेको छ । टेलिफोन र टेलिभिजन जस्तै बिस्तारै यो पनि अब विलासीता को वस्तु नभई आधारभूत आवश्यकता बन्दैछ ।
सायद हरेक क्षेत्रमा सुविधा र समस्या सँगसँगै आउँछन्। त्यसरी नै कम्प्युटरको प्रयोग र उपयोगीता जति बढ्दैछ, यसको सुरक्षाको समस्या पनि त्यत्ति नै मात्रामा झन् झन् गम्भीर बन्दै गइरहेको छ । दिनदिनै बन्ने नयाँ नयाँ भाइरस र यीनले संक्रमणका लागि उपयोगमा लिने नविनतम माध्यमका कारण कम्प्युटर भाइरसको समस्या झन् झन् जटिल हुँदै गइरहेको छ ।
के हो त कम्प्युटर भाइरस?

कम्प्युटर भाइरस --लक्षण, पहिचान र उपचार-- (२)

कम्प्युटर भाइरसको लक्षण पहिचान र उपचार बारे २ भागमा विभाजित यस विषयको अघिल्लो पोस्टमा कम्प्युटर भाइरस के हो?, कम्प्युटर भाइरस कसरी सर्छ र कम्प्युटरमा भाइरस संक्रमण भएका लक्षणहरु के के हुन भन्ने बारेमा सामान्य चर्चा गरिएको थियो । हुन त कम्प्युटर आफैँमा एउटा अत्यन्त विविधता पूर्ण एउटा यन्त्र हो र यसमा स्थापना गरिने थिरीथिरीका आपरेटिङ्ग सिस्टम र सफ्टवेयरहरूले यसलाई अझै जटिल बनाएको हुन्छ । त्यसैले एउटा सानो पोस्टमा भाइरसको रोकथाम वा पूर्ण उपचारको बारेमा लेख्नु असम्भव नै छ, तैपनि सामान्य अवस्थामा भाइरसको समस्या समाधान गर्न के के गर्न सकिन्छ भन्ने वारेमा यो पोस्टमा सानो चर्चा गर्दै छु:
भाइरसको रोकथाम:

Sunday, December 9, 2012

Start Menu बाट नै Internet का सामाग्रीहरु Search गर्न सकिने

यो भन्दा पहिलाको Post हरुमा पनि मैले यस्तै Search गर्ने बारेमा लेखेको थिएँ त्यो भने Taskbar मा Search Engine बनाएर Search गर्ने तरीका थियो त्यसको लागी तपाईं यहि Post को Footer मा Search गर्न सक्नुहुन्छ र आज भने म Internet को सामाग्रीहरु खोज्नको लागी एक अलगै तरीका जानकारी गराउन चाहन्छु त्यो हो Start Menu बाट हुन त Start menu मा Search गरेपछी Computer मा भएका सबै Programs File हरु भेटिन्छ तर Internet को लागी भने तपाइंले कुनै न कुनै एक Browser त अबश्य खोल्नै परेको हुन्छ अनि मात्रै त्यहाँ Search Engine मा आफुले के चाहेको हो त्यो खोज्न थाल्छौं तर त्यसो गरिराख्नु जरुरी छैन केवल एक Settings को आधारमा एउटै Search Engine बाट Internet अनि Windows का सामग्रीहरु सजिलै प्राप्त गर्न सकिन्छ केही उदाहरण तल हेर्नुहोस कसरी Settings गर्ने त्यसको लागी...

विन्डोज ८ मा स्टार्ट बटन कसरी राख्ने ।

पहिलेदेखि विन्डोज एक्सपी, विन्डोज भिस्टा वा विन्डोज सेभेन चलाउने बानी लागेहरुलाई विन्डोज ८ चलाउँदा सुरुमा धेरै नै अप्ठ्यारो लाग्छ । विन्डोज ८ विशेषगरी टच इनेबल डिभाइसहरुको लागि निर्माण गरिएको हुनाले टच इनेवल नभएका मेसिनहरुमा चलाउन अप्ठयारो लाग्नु सहज कुरा हो । 

नयाँ इन्टरफेस र स्टार्ट बटम नभएको चर्चा परिचर्चा भएको विन्डोज ८ मा स्टार्ट बटन पनि राख्न मिल्छ । 
विन्डोज ८ चलाइरहनुभएको छ भने यो चित्र देख्दा अचम्म लाग्न सक्छ । हेर्दा विन्डोज सेभेन जस्तै लाग्ने यो इन्टरफेस सेभेनको नभएर विन्डोज ८ को हो ।
 साधारण मानिसहरू जो कम्प्युटरमा आधारभूत ज्ञान मात्रै छ उनीहरूको लागि विन्डोज ८ फलामको चिउरा हुनसक्दछ । 
विन्डोज ८ मा स्टार्ट बटन सुचारु गर्नको लागि धेरै नै एप्लिकेशनहरु बनिसकेका छन् । तर ती मध्धे मलाई यो एप्लिकेशन धेरै मन पर्‍यो । कुनै एप्लीकेशन पैसा तिरेर किन्नुपर्दछ । यो भने निःशुल्क पाइने एप्लीकेशन हो ।