Sunday, April 26, 2015

काठमाडौं छोड्दै सर्वाधारण, गाडी नपाएपछि हिँडेरै घरतिर विष्णु बुढाथोकी काठमाडौं, वैशाख १४


दुई दिन दुई रात खुला चौर र सडकमा अभावपूर्ण जीवन बिताउनु परेपछि तराईबाट मजदुरी र सानातिना व्यवसाय गर्न राजधानी आएर बसेका अधिकांश मध्यम र निम्नवर्गका मानिसहरु स्थिति सामान्य नभएसम्म बाहिर जान चाहेपनि गाडी नपाउँदा घण्टौं कुर्न परेको छ।
सोमबार बिहान फर्पिंङ हुदै वीरगञ्ज जान गाडी खोज्दै बल्खुचोकदेखि त्रिवि गेटसम्म ओहोरदोहोर गरिरहेका करिब ४८ वर्षिय मनोजले सेतोपाटीसँग भने, ‘यहाँ बस्न खानकै समस्या भएपछि विरगञ्ज जाउँ भनेको गाडी नै पाइएन।’
तरकारीको व्यापार गर्दै आएका मनोजले सामान्य रूटको टाटा सुमो गाडी नपाएपछि रिजर्भमा भए पनि जान खोज्दा पनि पाउन नसकिरहेको उनले गुनासो गरे।
काठमाडौं कहिले फर्कने भन्ने प्रश्नको जवाफमा उनले भने, ‘स्थिति सामान्य भएमा एक सातापछि फर्कनू पर्ला।’
चाबहिलमा मोटरसाइकल वर्कसपमा काम गर्ने २२ वर्षिय प्रदिप चौधरीलाई भूकम्पले निम्त्याएको समस्या सँगै पारिवारिक समस्या थपिएको छ। उनकि ७० वर्षिय आमाको आइतबार राति निधन भएपछि दुई बहिनीलाई लिएर घर जान खोजेको गाडी नपाउदा बल्खु चोकमा तीनघण्टादेखि कुरिरहेका छन्।
त्यसैगरी रंङको काम गर्ने भारतका सोनालाल सँगै अरु ११ जना साथीहरु विरगञ्ज जान गाडी कुरीरहेका थिए।
‘यहाँ न बस्न पाइन्छ, न खान, त्रासमा बसी काम बिहिन अवस्थामा बेहाल हुनुभन्दा पाएदेखि नियमित रुपमा लाग्नेभन्दा ज्यादा पैसा तिरेर भएपनि घर जाने थियौं,’ उनले भने। 
कतिपय व्यक्तिहरू साथमा रहेको पैसा सकिँदै जादा राजधानीमा खानबस्न मात्र हैन गाडीभाडा पनि नभएपछि फर्पिङको बाटो हिँडेरै विरगञ्ज लागेको त्रिवि गेट अघि भेटिएका एक व्यापारीले बताए।
उनीहरुमध्ये कतिपय कलिला युवाहरुले पसलबाट केही पोका चाउचाउ र विस्कुट लिएर भोलिसम्ममा भएपनि वीरगञ्ज पुग्ने भन्दै बिहान ५ बजेदेखिनै समूह समूहमा मिलेर हिडेका छन्।
प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ १०:२७:००

क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदा जीर्णोद्धार गर्न १० वर्ष

शनिबारको महाभूकम्पमा क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदाहरू जीर्णोद्धार र पुननिर्माण हुन कम्तीमा १० वर्ष लाग्ने पुरातत्त्व विभागले जनाएको छ।
क्षति पुगेका सम्पदाहरू कति हुन् भन्ने आइतबार साँझसम्म पनि पूर्ण विवरण आइनसकेको विभागका इन्जिनियर सम्पत घिमिरेले जानकारी दिए। महाभूकम्पमा सुनधाराको धरहरा, राष्ट्रिय संग्रहालय छाउनी, भक्तपुरस्थित राष्ट्रिय कला संग्रहालय, दरबार हेरचाह कार्यालय, पाटन दरबार, वसन्तपुर दरबार स्क्वायर र चाँगुनारायण मन्दिरमा बढी क्षति पुगेको छ। उपत्यकाबाहिर जानकी मन्दिरलगायत थुप्रै सम्पदाहरू पनि क्षतिग्रस्त भएका छन्।
'१९९० सालको भूकम्पभन्दा यस पटकको क्षति बढी देखिएको छ, त्यो बेला सामान्य घरको संख्या धेरै थियो, अहिले आधुनिक घरमा कम असर छ,' घिमिरेले भने, 'सम्पदाका लागि पर्याप्त बजेट छुटयाएर काम थाल्दा पनि पुनर्निर्माणका लागि कम्तीमा १० वर्ष लाग्छ।'
अधिकांश भवन र सम्पदा निर्माण गर्न काठ, गुणस्तरीय सुर्खी (इँटाको धूलो), स्थानीय नेवारी इँटा, चुनजस्ता सामग्री आवश्यक पर्छ। चाँगुनारायणलगायत शिलालेखहरू यस बीचमा पटक पटक जीर्णोद्धार हुँदै आए पनि यस पटकको क्षतिले पुननिर्माण गनुपर्ने भएको छ। पुरातत्त्व विभागका प्राविधिक गोविन्द न्यौपानेले मानिसको बिमा गराउने व्यवस्थाझैं यस्ता सम्पदाको समेत बिमा गर्न सके विपत्तिका बेला जीर्णोद्धार कसरी गर्ने भन्ने समस्या उत्पन्न नहुने जिकिर गरे। 
पुरातत्त्व विभागले छ महिनाअघि भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी एक कार्यक्रम आयोजना गरेको थियो। यसपटक महाभूकम्पका बेला भएको क्षतिको आकलन गर्दै सम्पदा निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि अपनाएर योजना बनाउने विभागले जानकारी दिएको छ।

औषधि लिएर इजरायल को डाक्टरहरु नेपाल पुगे






काठमाडौँ मा गएको भुइचालोमा आफ्नो घर भत्केको देखेर डराएकी नानी !!!
नानी लाइ यो भन्दा ठुलो बिपत जिन्दगीमा कैले नपरोस प्रार्थना गरौ हामी...


सबैले प्राथना गरौं १ लाईक = १ प्राथना भगवानले हामी सबैको रक्षा गरून् ।




हाम्रो बहिनी मन्जु तमङ को भुकम्प परी
जेअन गएको छ हामी सबै उहको अत्मा ले
शान्ति पओस भनेए प्रर्थना गरौ

कृपया सबै मिलि नेपालको लागि प्रार्थन गरौ♥
सर्व मैत्री मंगलाम _/\_
ओम आ हुङ महेना यन गुरु पाणी सिद्धी हुङ _()_
श्याकर श्याकर श्याकर धनया स्वाहा: _()_
ओम यज्ञ यज्ञ हुङ हुङ फेट फेट स्वाहा: _()_



अमेरिकन एयरफोर्स सहयोगका लागि नेपाल उड्यो

काठमाडौ आसपासका क्षेत्र आज विहान फेरि भुकम्पको ठुलो  धक्का महसुस गरिएको छ । भुकम्पविद् सोमनाथ सापकोटा अनुसार नुवाकोटमा केन्द्रविन्दु बनाएर ६ बजेर २४ मिनेट जाँदा ४ दशमलव ७ रेक्टरको भुइचालो गएको हो ।

अमेरिकन एयरफोर्स सहयोगका लागि नेपाल उड्यो


यो सानो भाइ ले मृत्यु लाई जितेर नयाँ जीवन पाए !!































भुईचालोले ध्वस्त पारेको लाप्राक गाउँ

शनिबार गएको भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको गोरखाको लाप्राक गाविसका अधिकांश घर तहसनहस भएका छन्।

त्यो गाउँका अधिकांश घर भत्किएका छन्। बारपाकका पीडितलाई २४ घण्टा पछि उद्धार शुरु गरिएको छ। आइतबार मध्यान्हदेखि नेपाली सेनाको हेलिकोप्टरले बारपाक, गुम्बु, जौबारी र खरिबोट गाविसका घाइतेहरुलाई पोखराका विभिन्न हस्पिटलहरुमा ल्याएर उपचार शुरु गरिएको छ।


दिउँसोसम्म ३ खेपमा झण्डै एक सय जनालाई उद्धार गरेर पोखरा ल्याइएको जानकारी नेपाली सेनाका अधिकारीले दिएका छन्। सेनाले आइतबार करिब १ सय २० जनाको उद्धार गरेको छ।
अधिकांश घाइतेहरुको टाउको, हातखुट्टामा चोट लागेको छ ।

विनाशकारी भुकम्पमा सहयोग पुर्‍याउन फेसबुक र गुगलले ल्याए नयाँ सेवा

विश्वकै ठुलो जनसंख्याले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक र चर्चित सर्च इन्जिन गुगलले नेपालमा भएको विनाशकारी भुकम्पमा सहयोग पुर्‍याउने उद्येश्यले आ–आफ्ना टुलहरु प्रयोगमा ल्याएका छन् ।सामाजिक सञ्जाल फेसबुकले ‘भिजिट सेफ्टी चेक’ र सर्च इन्जिन गुगलले ‘पर्सन फाइन्डर’ नामको टुलहरु प्रयोगमा ल्याएका हुन् ।
फेसबुकको सेफ्टी चेक टुलले आफु सुरक्षित रहेको खबर अरु आफन्त र साथिभाईसम्म पुर्‍याउन सहयोग गर्दछ भने, गुगलको पर्सन फाइन्डरले कुनै व्यक्तिको नाम टाइप गरेर सर्च गर्‍यो भने उसको तत्कालिन अवस्थाको बारेमा जानकारी दिन्छ । यदि कुनै खबर भेटिएन भने व्यक्ति अज्ञात रहेको जानकारी भनेर अप्डेट गराउन मिल्ने सुविधा राखिएको छ ।
त्यसैगरी नेपाल प्रहरीले पनि ९८५१२८१३६३ मा निशुल्क एसएमएस गर्न मिल्ने सुविधा प्रयोगमा ल्याएको छ ।एसएमएस गर्दा कोहि व्यक्ति समस्यामा परेको जानकारी वा आफै समस्यामा परेको भए उक्त नम्बरमा एसएमएस गर्न सकिने छ । एसएमएस प्राप्त भएपछि विपद व्यवस्थापनको टोली उद्धार गर्न उक्त स्थानमा पुग्ने छ ।